ad ad

राजनीति


बुढीगण्डकी प्रकरण : ओली, देउवा र प्रचण्डमाथि छानबिन गर्न विवेकशीलको माग

बुढीगण्डकी प्रकरण : ओली, देउवा र प्रचण्डमाथि छानबिन गर्न विवेकशीलको माग

नेपालखबर
असोज २६, २०७७ सोमबार ७:५३,

विवेकशील नेपाली दलले बुढीगण्डकी आयोजनाबाट सत्ता र प्रतिपक्ष दलका शीर्ष नेताहरुले कमिसन खाएर अलपत्र पारेको आरोपको छानबिन गर्न माग गरेको छ।

केही दिन अगाडि गोरखामा भएको एक कार्यक्रममा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले ‘बुढी गण्डकी जलविद्युत् परियोजनामा प्रधानमन्त्री केपी शर्मा ओली तथा पूर्व प्रधानमन्त्रीहरू पुष्पकमल दाहाल र शेरबहादुर देउवाले नौ अर्ब रुपैयाँ बाँडेर खाएको र परियोजना अलपत्र पारेको’ गम्भीर आरोप लगाएका थिए।

यो प्रकरणको अविलम्ब छानबिन अघि बढाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई विवेकशील नेपाली दलले आग्रह गरेको छ।

‘आफूसँग त्यसको प्रमाणसमेत रहेको’ बताएका पूर्व प्रधानमन्त्री भट्टराईलाई समेत ती प्रमाणहरू अदुअआमा बुझाएर अनुसन्धान कार्यमा सहयोग गर्नसमेत विवेकशीलले आग्रह गरेको छ।

‘यस प्रकरणमा आरोपित व्यक्तिहरूमध्ये दुई जना भूतपूर्व र एक जना बहालवाला प्रधानमन्त्री रहेका कारण व्यक्तिगत पहुँच तथा पदीय दुरुपयोग गरी प्रमाण नष्ट गरिन सक्ने तर्फ पनि अदुअआको ध्यान जानु जरुरी छ’ विवेकशीलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यो विषय सामान्य अनुचित कार्य मात्र नभएर सार्वजनिक हित प्रतिकूलको विषय र राष्ट्रिय महत्त्वको विषय समेत भएकाले अदुअआले उच्च प्राथमिकतामा राखेर छानबिन अघि बढाउनु पर्दछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .