ad ad

राजनीति


विद्युत् महशुल अझै घट्छ: मन्त्री पुन

विद्युत् महशुल अझै घट्छ: मन्त्री पुन

नेपालखबर
असोज २८, २०७७ बुधबार ०:१९,

 ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले विद्युत् महशुल अझै घट्ने बताएका छन्।

मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा मन्त्री पुनले इतिहासमै पहिलोपटक चालु आवमा विद्युत् प्राधिकरणले घरेलु र औद्योगिक ग्राहकको शुल्क घटाइएको स्मरण गर्दै महशुल थप घट्ने जानकारी दिएका हुन्। ‘आगामी वर्ष प्राधिकरणले थप सस्तोमा विद्युत् उपलब्ध गराउने छ’ मन्त्री पुनले भने।

खिम्ती जलविद्युत् आयोजनाको ५० प्रतिशत शेयर स्वामित्व सरकारमा आएको र आगामी हिउँदभित्रै ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट विद्युुत् उत्पादन शुरु हुने भएकाले सस्तोमा बिजुली दिन सकिने उनको भनाई थियो।।

‘खिम्तीको ५० प्रतिशत स्वामित्व सरकारको नाममा आएको छ, माथिल्लो तामाकोशीको उत्पादन आगामी हिउँदमै हुने भएकाले आगामी वर्ष फेरि विद्युत् महशुल घटाइन्छ’, मन्त्री पुनले भने। उनले वर्तमान सरकार गठन भएपछि ऊर्जा दशक कार्यक्रमअन्तर्गत घोषणा गरिएको १० वर्षमा १५ हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य हासिल गर्ने गरी काम भइरहेको बताए।

सरकारी र निजी क्षेत्रको लगानीमा १५ हजार मेगावाट विद्युत्को उत्पादन सजिलै हुनै र उत्पादित बिजुली बेच्न बजारको पनि समस्या नरहेको दाबी गरे।

‘कूल १० हजार मेगावाट विद्युत् आन्तरिक र पाँच हजार मेगावाट बाह्य बजारमा पठाउने गरी नीतिगत र प्रक्रियागत तयारीका काम अघि बढेको छ,’ उनले भने, ‘इन्डक्सन चुलो, एसी र विद्युतीय सवारीको प्रयोगले विद्युत् खपत बढेको छ। औद्योगिक क्षेत्र र कृषि क्षेत्रका लागि ठूलो परिमाणमा विद्युत्को माग आएको छ।’

उनले १० प्रतिशत जनसङ्ख्यामा अझै विद्युतीकरण गर्न बाँकी रहेको जानकारी दिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .