ad ad

राजनीति


त्यसपछि चीनसँग हाम्रो सम्बन्ध पूरै बिग्रिएकाे छ : भारत

त्यसपछि चीनसँग हाम्रो सम्बन्ध पूरै बिग्रिएकाे छ : भारत

नेपालखबर
कात्तिक १, २०७७ शनिबार ४:९,

भारतले सीमा क्षेत्र पूर्वी लद्दाखमा दुई देशका सैनिकबीच भएकाे झडपपछि चीनसँगको सम्बन्ध पूरै बिग्रिएको बताएको छ।

गत जुन १५ तारिख भारत–चीनका सेनाबीच झडप हुँदा २० भारतीय सैनिकको मृत्यु भएको थियो। चीनतर्फ के कति क्षति भयो अहिलेसम्म वास्तविकता बाहिर आएको छैन।

भारतका विदेशमन्त्री एस जयशंकरले शुक्रबार त्यसयता दुई देशबीचको सम्बन्ध पूरै खराब भएको बताएको भारतको अंग्रेजी पत्रिका द इन्डियन एक्सप्रेसले जनाएको छ।

विदेशमन्त्री जयशंकरले भनेका छन्, ‘पूर्वी लद्दाखमा देखिएको गतिरोधको धेरै गहिरो सार्वजिनक र राजनीतिक प्रभाव छ र यसले दुई देशको सम्बन्धमा गम्भीर दूरी बनाएको छ।’

एसिया सोसाइटीद्वारा आयोजित एक डिजिटल कार्यक्रमलाई सम्बोधन गर्दै उनले गत जुन १५ मा गलवान उपत्यकामा भएको हिंस्रक झडपपछि दुई देशको सम्बन्धमा उथलपुथल आएको बताएका हुन्।

विदेशमन्त्री जयशंकरले सीमामा ठूलो संख्यामा सैनिकको उपस्थिति हुनुलाई ठूलो चुनौतीको रूपमा अथ्र्याएका छन्। साथै उनले सीमामा स्थापित वास्तविक नियन्त्रयण रेखामा चीनले गरेको दाबीको कुनै प्रमाण फेला नपरेको पनि बताएका छन्।

याे पनि :  चीनका राष्ट्रपति सीले आफ्ना सेनालाई भने : युद्धका लागि तयार रहनू

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .