ad ad

राजनीति


ताइवान–अमेरिकाबीचको हतियार सम्झौतापछि रुष्ट चीनको चेतावनीः आवश्यक कारवाही गर्नेछौं

ताइवान–अमेरिकाबीचको हतियार सम्झौतापछि रुष्ट चीनको चेतावनीः आवश्यक कारवाही गर्नेछौं

नेपालखबर
कात्तिक ६, २०७७ बिहिबार १२:१९,

अमेरिकाबाट १३५ क्रुज क्षेप्यास्त्र किन्ने तय भइसकेको ताइवानको रक्षामन्त्रालयले पुष्टि गरिसकेको छ। मन्त्रालयले अमेरिकी हतियारले आफ्नो सैन्य क्षमता विकास हुने विश्वास व्यक्त गरेको छ।

स्वशासित क्षेत्र ताइवानलाई आफ्नो भूमि भएको दाबी गर्ने चीनले पछिल्लो समय ताइवानका हवाई क्षेत्रमा युद्धक विमान अवैधानिक रुपमा पठाउन थालेपछि ताइवानले अमेरिकासँग हतियार सम्झौता गरेको हो।

चीनले ताइवानलाई एक दिन आक्रमण गरेरै कब्जा गर्ने बताउँदै आएको छ। यद्यपी ताइवानले आफू स्वतन्त्र मूलुक भएको बताउने गरेको छ।

अमेरिकाले पनि चीनको भनाइ बेवास्ता गर्दै ताइवानसँग सम्बन्ध बढाउँदै लगेको छ।

चीनको विदेशमन्त्रालयले बिहीबार अमेरिकाले आफूसँग सन् १९७० मा गरेको कुनटनीतिक सम्झौता उल्लंघन गरेको आरोप लगाएको छ।

विदेशमन्त्रालयका अनुसार हतियार सम्झौताले गलत संकेत दिएको छ, साथै ताइवानलाई एक्ल्याउन चाहने यस सम्झौताबाट खुशी भएका छन्। यस कार्यले अमेरिका र चीनको सम्बन्धमा गम्भीर क्षति पुग्ने पनि बताइएको छ।

चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता झाओ लिजियानले भनेका छन्,‘हामीले विकसित हुने परिस्थिती अनुरुप वैध र आवश्यक प्रतिक्रिया दिनेछौं।’

चिनियाँ राष्ट्रपति सी चिनफिङले केही महिना अगाडि ताइवानलाई एक्लाउन चाहनेबाट खतरा उत्पन्न भएकाले आफ्ना सेनलाई युद्धको तयारी थाल्न निर्देशन दिएका थिए। एएफपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .