ad ad

राजनीति


यस कारण दुई दिनपछि लगाए महेश बस्नेतका परिवारले दसैंको टीका

यस कारण दुई दिनपछि लगाए महेश बस्नेतका परिवारले दसैंको टीका

नेपालखबर
कात्तिक १३, २०७७ बिहिबार ४:१७,

विजया दशमी (१० कात्तिक) का दिन सबै आ–आफ्नो परिवारमा टीका र जमरा लगाउँदै आशिर्वाद लिनमा व्यस्त थिए। तर भक्तपुरबाट निर्वाचित संघीय सांसद एवं पूर्वमन्त्री महेश बस्नेतको घरमा भने कुनै चहलपहल थिएन।

छ महिना अघि मात्रै मुटुको ओपन हार्ट सर्जरी गरेपछि आराम गरेर बसिरहेकी सांसद बस्नेतकी ६६ वर्षीया आमासहित परिवारका आठ जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि घर मै आइसोलेसनमा परिणत भएको थियो।

आइसोलेसनमा बसेको परिवारका सदस्यामा १५ दिनपछि हिजो मात्र कोरोनाको नेगेटिभ रिपोर्ट आएपछि मात्रै बल्ल वस्नेत परिवारका दशैँको रौनक छाएको छ।

मुटुको शल्यक्रिया गरेको आमालाई कोरोना भएपछि निकै चिन्ता लागेको वस्नेतले बताए। ‘तर, १५ दिन मै उहाँले कोरोनालाई परास्त गर्नुभयो। उहाँसँग दशैँको टीकासँगै आर्शिवाद थाप्न पाउँदा खुसी लागेको छ,,’ वस्नेतले भने, ‘कोरोनालाई परास्त गर्नुभएको आमाको हातको टीका लगाउँदा उहाँले हामीलाई मात्रै हैन, सिङ्गो देशवासीमा कोरोनालाई परास्त गर्ने शक्ति प्राप्त होस् र हाम्रो देश छिट्टै कोरोना मुक्त होस् भनेर आर्शिवाद दिनुभयो।’

सत्तारुढ नेकपाका केन्द्रीय सदस्य समेत रहेका बस्नेतको परिवारका आमा, बहिनी, ज्वाई, भान्जा, भान्जी, सवारी चालकसमेत आठ जनामा कोरोना पोजेटिभ देखिएको थियो। १५ दिनको होम आईसोलेसनको बसाईबाटै सबैको कोरोना रिपोर्ट नेगेटिभ आएको छ।

आमालाई सुरुमा ज्वरो आउने, रुघा लाग्ने, जिउ दुख्ने र खानाको स्वाद हराउने लक्षण देखिएपछि गरेको परीक्षणमा कोरोना सङ्क्रमण देखिएको बस्नेतले बताए। पछि कन्ट्क ट्रेसिङमा परेका सांसद बस्नेत, उनका बुबालगायत परिवारका अन्य सदस्यको भने कोरोना रिपोर्ट नेगेटिभ आएको थियो।

यसवर्ष परिवारका सदस्य बाहेक टीका थाप्न आउने अन्यलाई वस्नेतले टीका नलगाउने बिचार गरेका छन्।

कोरोनालाई परास्त गर्ने अचुक उपाय आत्मावल नै रहेको ज्ञान आमाबाट पाएको बस्नेतले बताए। कोरोना विरुद्धको भ्याक्सिन सहज रुपमा नआएसम्म हरेक दिन तातोपानी, जिरा, बेसार, अदुवा, तुलसीको पात, गुर्जो जस्ता सामग्री पकाएर पानी पिउन सुझाव समेत उनले दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .