ad ad

राजनीति


नेकपा विवादबारे छलफल गर्न विष्णु पौडेल र बर्षमान पुन प्रचण्ड निवासमा

नेकपा विवादबारे छलफल गर्न विष्णु पौडेल र बर्षमान पुन प्रचण्ड निवासमा

सागर न्यौपाने
कात्तिक १६, २०७७ आइतबार ११:४१,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव तथा अर्थमन्त्री विष्णु पौडेल अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास पुगेका छन्।

आइतबार साँझ महासचिव पौडेल पार्टीभित्र देखिएको विवादबारे छलफल गर्न प्रचण्डनिवास खुमलटार पुगेको स्रोतले बतायो।

उक्त छलफलमा नेता वर्षमान पुन पनि सहभागी रहेको स्रोतले जनाकारी दियो।

यसअघि दिउँसो महासचिव पौडेलले सामाजिक सञ्जाल ट्विटरमार्फत नेकपाको एकीकृत र अविभाज्य अस्तित्वमा गम्भीर संकट उत्पन्न भएको बताए थिए।

याे पनि : नेकपाको एकीकृत र अविभाज्य अस्तित्वमा गम्भीर संकट उत्पन्न भयो: महासचिव विष्णु पौडेल

उनले आपसी अन्तरविरोधलाई सहमतिका साथ समाधान गर्दै पार्टी एकताको रक्षाका लागि योगदान गर्न सबै नेता, कार्यकर्ता तथा सदस्यहरुसँग अनुरोध समेत गरेका थिए।

लामो समयको संंवादहीनतालाई तोड्दै शनिबार अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र कायृकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भेटवार्ता भएको थियो।

भेटमा अध्यक्ष प्रचण्डले विवाद समधानका लागि तत्काल सचिवालय बैठक बोलाउन माग गरे पनि प्रधानमन्त्री ओलीले त्यसबारे कुनै जवाफ नदिएकाे स्राेतले बतायाे। 

याे पनि :  बालुवाटारमा प्रचण्डले ओलीलाई भने : अबको छलफल सचिवालयमै गरौँ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .