ad ad

राजनीति


शंकर पोखरेल भन्छन्ः पार्टी एकता गम्भीर मोडमा पुगेको छ, प्रचण्डले एकल प्रस्ताव फिर्ता लिनुपर्छ

शंकर पोखरेल भन्छन्ः पार्टी एकता गम्भीर मोडमा पुगेको छ, प्रचण्डले एकल प्रस्ताव फिर्ता लिनुपर्छ

नेपालखबर
कात्तिक २९, २०७७ शनिबार ४:५२,

नेकपा स्थायी कमिटीका सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालयमा प्रस्तुत गरेको एकल प्रस्तावले पार्टी एकता गम्भीर मोडमा पुगेको अनुभूति भएको बताएका छन्।

शुक्रबार बालुवाटारमा बसेको सचिवालयको बैठकमा प्रस्तुत पाँच बुँदे प्रस्ताव फिर्ता लिन पनि मुख्यमन्त्री पोखरेलले कार्यकारी अध्यक्ष प्रचण्डसँग आग्रह गरेका छन्।

नेकपामा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली निकट मानिने पोखरेलले कार्यकारी अध्यक्ष प्रचण्डको प्रस्ताव पार्टी एकताको मर्म र स्थायी कमिटीको निर्णयको भावना विपरित भएको समेत बताएका छन्।

प्रचण्डको प्रस्तावमाथि पोखरेलको धारणा ओली समूहमा शुक्रबार साँझ भएको छलफलपछि आएको हो।

‘कमरेड प्रचण्डले पार्टी एकताको मर्म र स्थायी कमिटीको निर्णयको भाव विपरित सचिवालय बैठकमा प्रथम अध्यक्षका विरुद्धमा संगीन आरोपसहित एकल प्रस्ताव प्रस्तुत गरेपछि पार्टी एकता गम्भीर मोडमा पुगेको अनुभूती सिंगो पार्टी पंक्तिले गरिरहेको छ’, पोखरेलले शनिबार बिहान सामाजिक सन्जालमा लेखेका छन्, ‘म कमरेड प्रचण्डलाई पार्टी एकताको रक्षाका लागि बैठकमा प्रस्तुत गरिएको एकल प्रस्ताव फिर्ता गरी एकताको मर्म अनुरुप छलफललाई अघि बढाउन हार्दिक अनुरोध गर्दछु।’

उनले व्यक्तिगत पत्र र संस्थागत प्रस्ताव फरक विषय हो भन्ने सत्य बुझ्न पनि अध्यक्ष प्रचण्डसँग आग्रह गरेका छन्।

सत्तारुढ दल नेकपाभित्र विवाद चर्किदै गर्दा कार्यकारी अध्यक्ष प्रचण्डले ‘पार्टी एकता, संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र देश निर्माणका लागि त्यागसहित पहल लिन’ प्रधानमन्त्री ओलीसँग आग्रह गरिएको प्रस्ताव प्रस्तुत गरेका थिए।

प्रचण्डले १९ पृष्ठ लामो प्रस्तावमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले सरकार राम्रोसँग चलाउन नसकेको र पार्टी चलाउन पनि नदिइएको आरोप लगाएका छन्।

‘म आशा गर्दछु कि कमरेड केपी ओलीले प्रमुख रुपमा गम्भीर आत्मसमिक्षा र आत्माआलोचना गर्दै पार्टी एकता, संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा एवम् देश निर्माणमा आवश्यक त्यागसहित पहल लिई समुचित योगदान गर्नुहुनेछ’, प्रचण्डले प्रस्तुत गरेको प्रस्तावमा भनिएको छ।

यो पनि :
प्रचण्डको प्रस्तावको पूर्णपाठः ‘त्याग गर्न’ भन्दै मागे प्रधानमन्त्रीको राजीनामा
यस्तो छ ओलीको पत्र र प्रचण्डको जवाफ (पूर्णपाठ)

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .