ad ad

राजनीति


बलात्कारविरुद्धको कानुनलाई कडा पार्ने अध्यादेश मन्त्रिपरिषदबाट पारित

बलात्कारविरुद्धको कानुनलाई कडा पार्ने अध्यादेश मन्त्रिपरिषदबाट पारित

नेपालखबर
मंसिर ७, २०७७ आइतबार ८:५८,

सरकारले बलात्कारविरुद्धको कानुनलाई कडा पार्ने अध्यादेश ल्याएको छ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले अध्यादेश पारित गरी राष्ट्रपति समक्ष सिफारिस गरेको हो।

 उक्त बलात्कारीलाई कारबाहीसम्बन्धी कानुन कडा पार्ने कानुन मन्त्रालयले तयार गरेर मन्त्रिपरिषदमा पेस गरेको थियो।

अध्यादेशमा बलात्कारका घटनामा मिलापत्र गराउनेहरुलाई पनि फौजदारी अपराधमा कारबाही गर्ने व्यवस्था गरिएको एक मन्त्रीले बताए। अध्यादेशले त्यसरी हुने मिलापत्रलाई पनि अपराध किटान गरेको ती मन्त्रीले जानकारी दिए।

राष्ट्रपति कार्यालय पठाइएको उक्त अध्यादेश आजै जारी हुन सक्ने बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .