ad ad

राजनीति


चीनका रक्षामन्त्री भोलि नेपाल आउँदै

चीनका रक्षामन्त्री भोलि नेपाल आउँदै

नेपालखबर
मंसिर १३, २०७७ शनिबार ३:३६,

चीनका रक्षामन्त्री जनरल वेइ फे फेङ्गे भोलि (आइतबार) नेपाल आउँदै छन्।

परराष्ट्र मन्त्रालयले शनिबार जारी गरेको विज्ञप्तिअनुसार पहिलो वरियताका स्टेट काउन्सिलरसमेत रहेका उनी नेपालको औपचारिक भ्रमणका लागि काठमाडौं आउने भएका हुन्।

नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६५औं वर्षगाँठ मनाउने सिलसिलामा उनले नेपालको भ्रमण गर्न लागेका हुन्। सन् १९५५ अगस्ट १ मा नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको थियो।

उपप्रधानमन्त्री एवं निवर्तमान रक्षामन्त्री ईश्वर पोखरेलले २०७५ कात्तिकमा चीनको औपचारिक भ्रमण क्रममा रक्षामन्त्री वेइसँग वार्ता गरेका थिए। त्यही बेला चिनियाँ रक्षामन्त्रीलाई नेपाल भ्रमणको निम्ताे दिइएकाे थियो। 

चिनियाँ रक्षामन्त्री फेङ्गेकाे  भ्रमणका लागि परराष्ट्र मन्त्रालय र रक्षामन्त्रालयले धमाधम तयारी गरिरहेका छन्।

नेपाल आएकै दिन आइतबार उनले राष्ट्रपति विद्यादेवी भण्डारी, रक्षामन्त्रीको समेत जिम्मेवारी लिएका प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।

रक्षामन्त्री हुँदा उपप्रधानमन्त्री ईश्वर पोखरेलले चीन भ्रमण गर्दा चीन सरकारले प्रकोप व्यवस्थापनका लागि नेपाली सेनालाई दिने घोषणा गरेको २ अर्ब ४० करोड रुपैयाँ बराबरको सहयोग पनि प्राप्त हुन बाँकी छ। याेसहित नेपाल-चीनबीच सैन्य अभ्यासलगायत सहकार्यबारे छलफल हुने बताइएकाे छ। 

भारतका सेनाध्यक्ष, रअ प्रमुख र विदेश सचिवको भ्रमण लगत्तै चिनियाँ रक्षामन्त्रीले गर्न लागेको भ्रमणलाई चासोसाथ हेरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .