ad ad

राजनीति


सचिवालयका नेता भन्छन्ः अबको तीन दिन ओलीलाई बैठकमा ल्याउने प्रयत्न गर्छौँ

सचिवालयका नेता भन्छन्ः अबको तीन दिन ओलीलाई बैठकमा ल्याउने प्रयत्न गर्छौँ

सागर न्यौपाने
मंसिर १७, २०७७ बुधबार १०:११,

प्रधानमन्त्री केपी शर्मा ओलीलाई समय दिन नेकपा सचिवालयको बैठक स्थगित गरिएको नेताहरुले बताएका छन्।

बुधबार ओली अनुपस्थित भएपछि हाम्रो यो तीन दिनमा उहाँलाई बैठकमा सहभागी गराउनको लागि प्रयत्न गर्ने हो ।’ बैठक स्थगित गरिएको थियो। अर्को बैठक मंसिर २० गते बोलाइएको छ।

ओली अनुपस्थित बैठकले तीनवटा निर्णय गरेको एक सचिवालय सदस्यले जानकारी दिए।

‘पहिलो, प्रधानमन्त्री ओलीको सहभागिताका लागि बैठकको मिति सारेर संवाद गर्ने र छलफल गरेर उहाँलाई पनि बैठकमा सहभागी गराउन प्रयत्न गर्ने, दोस्रो, २० गते सचिवालयको बैठक बस्ने र तेस्रो स्थायी समितिको बैठक पनि २१ गते १ बजे बालुवाटारमै राख्ने निर्णय भयो,’ ती नेताले भने।

उनले प्रधानमन्त्रीसँगै सम्बन्धित एजेन्डामा छलफल हुने भएकाले ओलीबिना बैठक लामो समय चल्न नसकेको बताए।

‘बैठक जम्माजम्मी ४५ मिनेटजति बस्यो। बैठकमा हामी सबै उपस्थित थियौं, तर प्रधानमन्त्री उपस्थित हुनु भएन। सचिवालयमा हामीले जुन एजेन्डामा छलफल गरिरहेका छौं, ती सबै प्रधानमन्त्रीसँग सम्बन्धित छन्। प्रधानमन्त्री उपस्थित नहुँदा त्यसमा छलफल गर्न मिलेन,’ ती नेताले नेपालखबरसँग भने, ‘त्यसैले उहाँलाई उपस्थित गराऔं भन्ने कुरामा हामी सबै एकमत भयौं। उहाँलाई उपस्थित गराउनको लागि प्रयत्न गर्ने, उहाँ कुनै हालतमा आउन नसक्ने हो भने त बैठक रोक्न मिलेन, जारी राख्नुपर्छ। तर, अबको तीन दिन प्रधानमन्त्रीलाई बैठकमा सहभागी गराउने प्रयत्न गर्छौँ।’

अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रस्ताव र त्यसको जवाफमा लेखिएको जवाफी प्रतिवेदनमाथि छलफल गर्न नेकपाको सचिवालयको बैठक मंगलबारदेखि सुरु भएको थियो। मंगलबार बसेको बैठकमा त्यस विषयमा छलफल गर्ने कि नगर्ने भन्ने विषयमा विवाद भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .