ad ad

राजनीति


एकीकरणका लागि विवेकशीलद्वारा संघीय समिति विस्तार, सचिवालय गठन (सूचीसहित)

एकीकरणका लागि विवेकशीलद्वारा संघीय समिति विस्तार, सचिवालय गठन (सूचीसहित)

नेपालखबर
मंसिर २३, २०७७ मंगलबार ११:१९,

साझा पार्टीसँग पुनः एकीकरण गर्न लागेको विवेकशील नेपाली दलले दुई पार्टीको एकता प्रयोजनका लागि संघीय समिति विस्तार तथा सचिवालय गठन गरेको छ।

दुई वर्षअघि छुट्टिएका साझा र विवेकशीलबीच बुधबार औपचारिकरुपमा पुनः एकीकरण भएको घोषणा गरिँदैछ।

एकीकृत पार्टीको अध्यक्षमा साझाका संयोजक रवीन्द्र मिश्र र विवेकशील नेपाली दलका अध्यक्ष मिलन पाण्डे संयोजक रहने गरी दुई पार्टीको पुनः एकीकरण हुन लागेको हो।

विवेकशील नेपाली दल र साझा पार्टी एकीकरणका निम्ति मतसंग्रहबाट पार्टीका सदस्यहरुको दुईतिहाइ मतादेशले एकीकरण प्रकृया अनुमोदन गरेपछि सो प्रक्रिया अघि बढाइएको विवेकशीलका अध्यक्ष पाण्डेले बताएका छन्।

सम्वाद समितिबाट विवेकशील नेपाली दल र साझा पार्टी बीचको एकीकरण सम्झौता पत्रका विषय बस्तु उपर जानकारी तथा छलफल गर्दै दुवै पार्टीको संघीय (केन्द्रीय) समितिबाट हस्ताक्षरका लागि पारित गरी एकीकरण घोषणा तयारी गरिएको पाण्डेले जानकारी दिएका छन्।

130310056 3748628788515663 5282823481633145224 o

संघीय समिति विस्तार गर्दा समावेशी–उत्कृष्टतालाई ध्यान दिइएको सो दलले जनाएको छ।

दलले सचिवालय विस्तार गरी १३ सदस्यीय बनाएको छ। समिति र सचिवालय विस्तार गर्दा लैंगिक अल्पसंख्यक समेतको सहभागिता गराई, महिला, युवा, प्रवास सहितको प्रदेशिक ( भौगौलिक तथा सामुदायिक पहिचान सहितको प्रतिनिधित्व सुनिश्चित गरिएको छ दलले जनाएको छ।

६५ सदस्यीय संघीय समितिमा २४ महिला जना महिला, ४० पुरुष, एकजना लैंगिक अल्पसंख्यक रहेको दलले जनाएको छ।

सचिवालय समितिमा रहेका सदस्यहरुः
१. मिलन पाण्डे २. निर्देश सिलवाल ३. सञ्जीव भट्टराई ४. सुमित्रा गुरुङ ५. रन्जु दर्शना ६. रमेश पौडेल ७. पुकार बम ८. डा. अनुशा थापा ९. आशुतोष तिवारी १०. हिरामणी पौडेल ११. रजिया बानु १२. प्रतिभा डङ्गोल १३. अमिनेश कुमार मिश्र

130736308 3748628495182359 2579378214771500752 o

संघीय समितिमा रहेका सदस्यहरुः
१. रेवतीरमण सुवेदी २. रमेश विष्ट ३. दीपा अर्याल ४. दुर्गा ताजपुरिया ५. रामपुकार महरा ६. समुन्द्र केसी ७. मधुसूदन पाठक ८. सुदन मानन्धर ९. राज्यलक्ष्मी श्रेष्ठ १०. ईन्दिरा काफ्ले ११. हरिकृष्ण श्रेष्ठ १२. जमुना शर्मा १३. रोशनी अधिकारी १४. तृष्णा भण्डारी १५. श्री कृष्ण श्रेष्ठ १६. चिरञ्जीवी बराल १७. कुसुम घिमिरे १८. बसन्ती रोकाया १९. यम नारायण खनाल २०. प्रेम केसी २१. साहारा चपाई २२. विमला बुढा मगर २३. राधिका भट्ट २४. भरतराज पन्त २५. भूपदेव शाह २६. जीवन ढकाल २७. सुरेश भट्ट २८. अमृता थपलिया २९. सिर्जना खड्का ३०. वृतान्त खनाल ३१. कमलेश्वर प्रसाद पाठक ३२. पुरुषोत्तम ढुङ्गेल ३३. विमल तामाङ ३४. शरण कार्की ३५. जगन्नाथ काफ्ले ३६. चन्डिका तिमिल्सिना ३७. जमुना बन ३८. समाइरा श्रेष्ठ ३९. विराजभक्त श्रेष्ठ ४०. सुवुना बस्नेत ४१. जमुना सुबेदी ४२. सरला लामिछाने ४३. शिशिर बन्जारा ४४. आशुतोष प्रधान ४५. कृष्णप्रसाद भट्टराई ४६. प्रमेश श्रेष्ठ ४७. राम सोरागथ शर्मा ४८. महेश पाठक ४९. सचेन घले ५०. रोहित क्षेत्री ५१. मनिस खनाल ५२. हरीशप्रसाद भट्ट।

यो पनि:

साझा र विवेकशीलबीच बुधबार एकता घोषणा हुँदै

साझा–विवेकशील एकीकरण : नाम र चुनाव चिन्हमा जुट्यो सहमति, नेतृत्वबारे यस्तो समझदारी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .