डेमोक्रेटिक नेता जो बाइडेनसँग राष्ट्रपतिको निर्वाचनमा पराजित भएपछि ट्रम्पले सरकार छाड्नु पर्ने निश्चित भइसकेको छ।
आगामी जनवरीमा बाइडेनले राष्ट्रपतिको शपथ ग्रहण गरेसँगै ट्रम्प ह्वाइट हाउसबाट विदा हुनेछन्।
ट्रम्पको पालामा मुस्लिम राष्ट्रहरुमाथि अमेरिकाले कडा नीतिहरु लिएको थियो। इरान र अमेरिकाबीचको विवाद उत्कर्षमा पुगेको थियो।
यसैवर्षको जनवरी ३ मा अमेरिकाले इरानी कमाण्डर कासिम सुलेमानीको ड्रोन आक्रमण गरेर हत्यासमेत गरेको थियो। आफ्नो देशभक्त कमाण्डरको हत्या गरेको भन्दै इरानले अमेरिकाको चर्को आलोचना गरेको थियो।
ट्रम्पले त्यसबेला कासिम सुलेमानी आतंकवादी भएको र उनले अमेरिकाविरुद्ध आक्रमणको योजना बनाएकाले उसलाई परास्त गर्नुपरेको धारणा राखेका थिए।
राष्ट्रपति रुहानी भन्छन्,‘केही भन्छन् म बाइडेनको जितले धेरै उत्साहित भए। त्यसो होइन हामी ट्रम्पले सरकार छाड्न लागेकाले धेरै खुशी भएका हौं।’
रुहानीले ट्रम्पलाई आतंकवादी, हत्यारा र निरंकुश शासक भनेको पनि एएफपीले जनाएको छ। अमेरिकासँगको सम्बन्ध फेरि सुमधुर हुने रुहानीको विश्वास छ।
प्रतिक्रिया