ad ad

समाज


५ हजार ५५५ नमूना परीक्षण गर्दा ७३६ जनामा कोरोना पुष्टि, ८४७ निको भए

५ हजार ५५५ नमूना परीक्षण गर्दा ७३६ जनामा कोरोना पुष्टि, ८४७ निको भए

नेपालखबर
पुस १, २०७७ बुधबार १०:३७,

नेपालमा पछिल्लो २४ घण्टामा थप ७३६ जनामा कोरोना भाइरसको संक्रमिण देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबारको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले ५ हजार ५५५ पीसीआर परीक्षण गर्दा ७३६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५० हजार ९१६ पुगेको र सक्रिय संक्रमितको संख्या ९ हजार ७५७ रहेको मन्त्रालयले जनाएको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ८४७ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ३९ हजार ४१६ पुगेकको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै मृत्ष्यु हुनेको संख्या १ हजार ७४३ पुगेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .