ad ad

राजनीति


संसद विघटनको विरोधमा नेकपाकै नेता कार्यकर्ता सडकमा (फोटोफिचर)

संसद विघटनको विरोधमा नेकपाकै नेता कार्यकर्ता सडकमा (फोटोफिचर)

प्रविन कोइराला
पुस ५, २०७७ आइतबार ११:३०,

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि नेकपाकै नेता कार्यकर्ताहरु त्यसको विरोधमा सडकमा उत्रिएका छन्।

आइतबार नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर नेता कार्यकर्ताहरु प्रधानमन्त्रीको कदमको विरुद्ध प्रदर्शनमा उत्रिएका हुन्।

प्रदर्शनमा सहभागी कार्यकर्ताहरुले सरकार विरुद्ध नाराबाजी गरेका थिए। उनीहरुले ‘गैह्र संवैधानिक कदम खारेज गर’, ‘संसद विघटन जनमतको धोका हो’, ‘संसद विघटनको असंवैधानिक कदम खारेज गर’ लगायत लेखिएका ब्यानर र प्लेकार्ड लिएर नारबाजी गरेका थिए।

राजधानी काठमाडौं लगायत देशका विभिन्न भागमा प्रदर्शन गरिरहेका कार्यकर्ताहरुले ठाउँ ठाउँमा प्रधानमन्त्री ओलीको पुत्लासमेत जलाएका छन्।

आइतबार मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले संसद विघटन र आगामी वैशाख १७ र २७ गते आम निर्वाचनको मिति घोषणा गरेपछि प्रचण्ड–नेपाल पक्षमा सात मन्त्रीहरुले राजीनामासमेत दिएका छन्।

मन्त्रीहरुमा शिक्षामन्त्री गिरीराजमणि पोखरेल, उर्जामन्त्री वर्षमान पुन, कृषिमन्त्री घनश्याम भुषाल, पर्यटनमन्त्री योगेश भट्टराई, वनमन्त्री शक्ति बस्नेत, श्रममन्त्री रामेश्वर राय यादव र खानेपानीमन्त्री विना मगरले सामूहिक राजीनामा दिएका हुन्।

ncp-protest1_1.jpg

ncp-protest3.jpg

ncp-protest4.jpg

ncp-protest5.jpg

ncp-protest6.jpg

ncp-protest7.jpg

ncp-protest8_1.jpg

ncp-protest10.jpg

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .