ad ad

राजनीति


संसद विघटन भएलगत्तै प्रधानमन्त्री ओलीले गरे निर्वाचन आयोगका पदाधिकारीसँग छलफल

संसद विघटन भएलगत्तै प्रधानमन्त्री ओलीले गरे निर्वाचन आयोगका पदाधिकारीसँग छलफल

नेपालखबर
पुस ५, २०७७ आइतबार ११:३९,

प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगका प्रदाधिकारीसँग छलफल गरेका छन्।

आइतबार संसद विघटन भएलगत्तै प्रधानमन्त्री ओलीले निर्वाचन आयोगका प्रमुख र पदाधिकारीसँग छलफल गरेका छन्।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीले नयाँ निर्वाचनका सन्दर्भमा आयोगका प्रमुख र पदाधिकारीसँग छलफल गरेको बताए।

‘प्रधानमन्त्रीले निर्वाचन आयोगका प्रमुख र सदस्यहरूसँग नयाँ निर्वाचन सम्बन्धमा अपरान्ह बालुवाटारमा छलफल गर्नुभएको छ’ सल्लाहकार थापाले भने।

छलफलमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, गहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री विष्णु पौडेल, नेकपा नेता सुवास नेम्वाङ, निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलिया, आयुक्तहरु नरेन्द्र दाहाल र ईश्वरी पौडेल सहभागी थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .