ad ad

राजनीति


जनकपुरमा युवा संघको प्रदर्शन, ओलीलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न माग

जनकपुरमा युवा संघको प्रदर्शन, ओलीलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न माग

शैलेन्द्र महतो
पुस ५, २०७७ आइतबार १२:५२,

संसद विघटनविरुद्ध प्रदेश २ को अस्थायी राजधानी जनकपुरमा जनता समाजवादी पार्टी र नेकपाको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले प्रदर्शन गरेका छन्।

नेकपाको प्रदेश २ पार्टी कार्यालयबाट निस्केको युवा संघको मोटरसाइकल र्‍याली जनकपुरको विभिन्न भागमा प्रदर्शन गर्दै जनकचोकमा पुगेर कोणसभामा परिणत भएको थियो।

कोणसभामा बोल्दै युवा संघका नेता–कार्यकर्ताहरुले जनादेशलाई लत्याउँदै संसद विघटन गर्ने प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्काशन गर्न माग गरेका छन्।

No description available.

यस्तै जसपाले पनि संसद विघटनविरुद्ध जनकपुरको जनकचोकमा विरोध प्रदर्शन गरेका छन्। प्रदर्शनमा जसपाले सरकारको कदम असंवैधानिक, अलोकतान्त्रिक भन्दै संघीयतालाई नै समाप्त गर्न खोजेको बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .