ad ad

राजनीति


राप्रपाले भन्यो : सबै नेपाली अटाउने राजनीतिक संरचना र शासकीय स्वरुप निर्माणको अवसर आयो

राप्रपाले भन्यो : सबै नेपाली अटाउने राजनीतिक संरचना र शासकीय स्वरुप निर्माणको अवसर आयो

नेपालखबर
पुस ५, २०७७ आइतबार १२:५५,

राष्ट्रिय प्रजातन्त्र पार्टीले सत्तारुढ दल नेकपा भित्रको आन्तरिक विवाद र विग्रहको कारण देश अस्थिरता र अराजकताको भूमरीमा फसेको जनाएको छ ।

आइतबार पार्टीका अध्यक्ष पशुपति शम्शेर जबराको अध्यक्षतामा बसेको केन्द्रीय सचिवालय कार्य व्यवस्था समितिको आकस्मिक बैठकले प्रतिनिधि सभा विघटन गर्ने नेकपा नेतृत्वको सरकारको निर्णय संविधान र प्रजातान्त्रिक मूल्य मान्यता विपरित रहेको ठहर गरेको छ।

अध्यक्षद्वय डा. प्रकाशचन्द्र लोहनी र कमल थापा समेतको उपस्थिति रहेको सो बैठकले सरकारको कदमले प्रजातान्त्रिक मूल्य मान्यतालाई गम्भीर क्षति पुर्‍याएको भन्दै मन्त्रिपरिषदको दुरासयपूर्ण र स्वेच्छाचारी निर्णयको पक्षमा उभिएर राष्ट्रपतिले राष्ट्रप्रमुखको तटस्थ भूमिकालाई फेरि एकपटक विवादास्पद तुल्याएको जनाएको छ।

‘प्रतिनिधिसभा विघटनको पछिल्लो घटनाक्रमले २०६२/६३ पछि अवलम्बन गरिएको अवधारणा र मार्गचित्र गलत छ भन्ने तथ्यलाई थप पुष्टि गरेको छ’ राप्रपाले भनेको छ, ‘परिवर्तित सन्दर्भलाई विगतको त्रुटि कमिकमजोरी सच्याउने र राष्ट्रिय मेलमिलापको नीति अनुरुप सबै नेपाली अटाउने राजनीतिक संरचना र शासकीय स्वरुप निर्माणको अवसरका रूपमा प्रयोग गर्न सम्वद्ध सबै पक्षमा राप्रपा अपिल गर्दछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .