ad ad

राजनीति


कांग्रेसले राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउने

कांग्रेसले राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउने

नेपालखबर
पुस १०, २०७७ शुक्रबार १२:१८,

नेपाली कांग्रेसले पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउने भएको छ। कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले पुस १६ गते मनाउने निर्णय गरेको हो।

बैठकले पुस १३ गते सोमबार १६५ निर्वाचन क्षेत्रमा संसद विघटनका विरुद्धमा हुने प्रदर्शनमा सम्पूर्ण रुपले केन्द्रित रहने निर्णय गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जनाएका छन्।

आजको बैठकमा केन्द्रीय सदस्यहरु ज्ञानेन्द्रबहादुर कार्की, डा। मिनेन्द्र रिजाल, शंकर भण्डारी, देवेन्द्रराज कँडेल, रमेश लेखक, सरिता प्रसाई र कल्पना चौधरीले आ–आफ्नो धारणा राखेको पौडेलले बताए।

केन्द्रीय कार्यसमितिको अर्को बैठक पुस १९ गते दिउँसो १ बजे केन्द्रीय कार्यालयमा पुनः बस्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .