ad ad

राजनीति


ओली पक्षको अवरोधले प्रचण्ड-नेपाल समूहको भेला रोकियो

ओली पक्षको अवरोधले प्रचण्ड-नेपाल समूहको भेला रोकियो

गोकुल जोशी
पुस १२, २०७७ आइतबार १०:३९,

कञ्चनपुरमा ओली पक्षीय नेकपाको अवरोधका कारण प्रचण्ड–नेपाल पक्षको भेला अवरुद्ध भएको छ। नेकपा (प्रचण्ड–नेपाल) पक्षले पार्टी कार्यालयमा आइतवार दिउँसो विस्तारित जिल्ला भेलाको कार्यक्रम राखेको थियो। तर ओली पक्षले भेला हुन दिएन।

असहज परिस्थिति सिर्जना भएकाले आइतबार तय भएको भेला हुन नसकेको नेकपा कञ्चनपुरका सचिव तारालामा तामाङले बताए।

नेकपा दुई धारमा विभाजन भएको अवस्थामा विस्तारित भेलाका नाममा गुटगत भेला गर्न खोजिएको भन्दै ओली पक्षले आइतवार पार्टी कार्यालयमा तालाबन्दी गरेको थियो। प्रचण्ड–नेपाल समूहले गुटगत भेला गरेर पार्टी कार्यालय कब्जा गर्न खोजेको भन्दै तालाबन्दी गरिएको ओली समूहका एक नेताले बताए।

नेकपा कञ्चनपुरका सचिव तथा सुदूरपश्चिम प्रदेश सभा सदस्य तारालामा तामाङले शनिबार सामाजिक सञ्जालमा लेख्दै महेन्द्रनगरस्थित पार्टी कार्यालयमा भेला आयोजना हुने भएकाले कार्यकर्तालाई सहभागी हुन आह्वान गरेका थिए।

त्यस लगत्तै नेकपा कञ्चनपुरका अध्यक्ष वीरबहादुर थापा (पातल) ले त्यो सूचनालाई खण्डन गर्दै पार्टी दुई धारमा विभाजित भएको र निर्वाचन आयोगले कसैलाई आधिकारिकता नदिएको अवस्थामा पार्टीको कुनै कार्यक्रम आयोजना नगरिएको उल्लेख गरेका थिए। कञ्चनपुरमा जिल्ला अध्यक्ष वीरबहादुर थापा ओली पक्षका हुन् भने सचिव तारा लामा प्रचण्ड–नेपाल पक्षका हुन्।

नेता भीम रावलको उपस्थितिमा पार्टी कार्यालयमा प्रचण्ड–नेपाल पक्षको भेला रोक्न ओली पक्षले तालाबन्दी गरे पछि दुवै पक्षका कार्यकर्ताबीच झडप समेत भएको थियो।

उता नेकपा कञ्चनपुरका सचिव लामाले कुनै गुटको भेला नबोलाएको दाबी गरेका छन्।

निर्वाचन आयोगको आधिकारिकता नआउँदासम्म पार्टी कार्यालयमा कुनै बैठक नगर्ने सहमति पछि पार्टी कार्यालयमा ओली पक्षले लगाएको ताला खोलिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .