ad ad

खेल


महिला राष्ट्रिय क्रिकेट: एपीएफ र लुम्बिनी सेमिफाइनलमा

महिला राष्ट्रिय क्रिकेट: एपीएफ र लुम्बिनी सेमिफाइनलमा

नेपालखबर
पुस १२, २०७७ आइतबार १०:३९,

सशस्त्र प्रहरीको एपीएफ क्लब र लुम्बिनी प्रदेश दाङमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन।

दाङको लमहीमा भएको खेलमा आइतबार एपीएफले प्रदेश २ लाई ८ विकेटले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो। यो एपीएफको लगातार दोस्रो जित हो। 

आइतबार बिहान कर्णाली प्रदेशलाई पराजित गरेको लुम्बिनी प्रदेशले पनि समूह ए बाट सेमिफाइनलमा स्थान बनाएको छ। 

समुह ए का अन्य दुई टोली प्रदेश २ र कर्णाली प्रदेशले लगातार दुबै खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएका छन।

आइतबार दिउँसो प्रदेश २ ले दिएको ७३ रनको लक्ष्य एपीएफले १३ दशमलव १ ओभरमा २ विकेटको क्षतिमा भेट्टायो।

एपीएफको जितमा ज्योति पाण्डेले ३० र कप्तान सीता रानामगरले १८ रनको योगदान दिए। सरिता मगर ६ र इन्दु वर्मा १ रनमा नटआउट रहे।  

प्रदेश २ की सरस्वती कुमारी र कविता गौतमले समान १ विकेट झारे।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश २ ले निर्धारित ओभरमा ८ विकेट गुमाँउदै ७२ रनको योगफत तयार पारेको थियो।

प्रदेश २ का लागि अनुराधा चौधरीले सर्वाधिक १८ रन जोडेको इनिङ्समा शोभा आलेले १३ रन जोडिन्। ३ खेलाडीले भने खातै खोल्न नसक्दा अन्य खेलाडीले दोहोरो अंकको स्कोर छुन सकेनन्।

एपीएफका लागि सीता रानामगरले २ तथा रेखा रावल, करुणा भण्डारी, इश्वरी विष्ट र राजमती ऐरीले समान १ विकेट लिए।

समुह ए को अन्तिम खेलमा भोलि प्रदेश २ र कर्णली प्रदेश तथा एपीएफ र लुम्बिीनी प्रदेश भिड्नेछन्।

सेमिफाइनलमा स्थान बनाइसकेका एपीएफ र लुम्बिनीले सोमबार समुह विजेताको लागि प्रतिस्पर्धा गर्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .