ad ad

राजनीति


प्रतिनिधि सभा विघटन मुद्दामा संवैधानिक इजलासमा बहस सुरु

प्रतिनिधि सभा विघटन मुद्दामा संवैधानिक इजलासमा बहस सुरु

नेपालखबर
माघ ४, २०७७ आइतबार ६:४१,

प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा आइतबार पुनः बहस सुरु भएको छ।

यसअघि सुनुवाइ बृहत् पूर्ण इजलासमा गर्ने कि संवैधानिक इजलासमा गर्ने भन्ने विषयमै अल्झिरहेको विवाद शुक्रबार टुंगिएपछि आइतबारदेखि प्रतिनिधि सभा विघटनमा केन्द्रित रहेर बहस हुने भएको हो।

आइतबार सुरुमा रिट निवेदकहरुले बहस गर्नेछन्। रिट निवेदक सबैले बहस गर्न पाउनुपर्ने माग गरेपछि उनीहरुलाई बोल्न समय दिइएको हो। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबाराले समयको विचार गरेर बोल्न निवेदकहरुलाई आग्रह गरेका छन्।

सुरुमा निवेदकका तर्फबाट अधिवक्ता सन्तोष भण्डारीले बहस गर्ने छन्। त्यसपछि सरकारी पक्षले निर्णयको प्रतिरक्षा गर्ने आनि फेरि रिट निवेदकका तर्फबाट फेरि जवाफ दिइनेछ।

 बहसका लागि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसी संवैधानिक इजलास बनेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरी चुनाव घोषणा गरेपछि असंवैधानिक कदम भन्दै सर्वाेच्च अदालतमा १३ रिट निवेदन दर्ता भएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .