ad ad

खेल


पीएम कप क्रिकेटः त्रिभुवन आर्मीद्वारा कर्णाली प्रदेशलाई जितका लागि १९६ रनको लक्ष्य

पीएम कप क्रिकेटः त्रिभुवन आर्मीद्वारा कर्णाली प्रदेशलाई जितका लागि १९६ रनको लक्ष्य

नेपालखबर
माघ ४, २०७७ आइतबार ६:३७,

प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा विभागीय त्रिभुवन आर्मीले कर्णाली प्रदेशसामु १ सय ९६ रनको लक्ष्य प्रस्तुत गरेको छ।

काठमाडौंस्थित मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको विभागीय आर्मी ४३ दशमलव १ ओभरमा १ सय ९५ रन जोड्दा अलआउट भयो।

आर्मीका अनिल मण्डलले ८९ रनको महत्वपुर्ण योगदान दिएपछि आर्मी फराकिलो योगफल तयार पार्न सफल भएको हो। १ सय १४ बलको सामना गरेका मण्डलले १४ चौका मद्दतमा ८९ रन जोडेका हुन्।

५५ बलको सामना गरेका कप्तान विनोद भण्डारीले १ छक्का र ३ चौका मद्दतमा ४१ रन जोडे। राजेश पुलामीले १६, लोकेश बमले १३ र रोहित पौडेलले ११ रन जोडे।

कर्णाली प्रदेशका दिनेश अधिकारी, राज शाह, दिवान पुनले समान २ विकेट लिए। अनुज चुनारा र युनिस सिंहले एक एक विकेट आफ्नो नाममा गरे।

सुरुका दुई दिन एक–एक खेल भएको पीएम कपमा आजदेखि दुई खेल भएको हो। खेलहरु मुलपानी क्रिकेट मैदान र त्रिवि मैदानमा जारी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .