ad ad

राजनीति


फागुनको पहिलो हप्ता संयुक्त आन्दोलन हुन्छ, त्यसपछि केपी शासनको आयु सिद्धिन्छ : प्रचण्ड

फागुनको पहिलो हप्ता संयुक्त आन्दोलन हुन्छ, त्यसपछि केपी शासनको आयु सिद्धिन्छ : प्रचण्ड

नेपालखबर
माघ २२, २०७७ बिहिबार ५:७,

आन्दोलनरत नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फागुनको पहिलो साता संयुक्त जनआन्दोलन हुने र त्यसपछि केपी शर्मा ओलीको शासन अन्त्य हुने दाबी गरेका छन्।

पार्टीले आयोजना गरेको आमहडतालअन्तर्गत आज बिहीबार बिहान ललितपुरको पुल्चोकमा जुलुसकाे अगुवाइ गर्दै प्रचण्डले आन्दोलन अझ सशक्त पारिने र सम्भवत: फागुनको पहिलो हप्ता संयुक्त आन्दोलन हुने बताएका  हुन्। ‘त्यसपछि केपी (शासन) को आयु सिद्धिन्छ,’ उनले भने।

यही माघ २८ गते विशाल आन्दोलन गर्ने पूर्वनिर्धारित कार्यक्रम यथावत् रहेको उल्लेख गर्दै प्रचण्डले त्यसपछि पनि समस्या समाधान भएन भने अझ ठूलठूला आन्दोलन गर्ने चेतावनी दिए। 

‘हाम्रो आन्दोलन अझ सशक्त हुँदै जान्छ यो (आमहडताल) त हामीले हिजो संवैधानिनक परिषद् र भूमि आयोगसम्बन्धी सरकारले जे निर्णय गर्‍याे, बलमिच्याइँ जसरी गरियो, निरंकुशताको पराकाष्ठाको रूपमा जसरी गरेको छ, जनतालाई जानकारी दिन पनि यो उपाय अपनायौं,’ प्रचण्डले भने।

सबै राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी, कवि, कलाकार, साहित्यकार सबै विरोधमा उत्रिसकेकाले प्रधानमन्त्री केपी शर्मा ओलीले अझै पश्चाताप गरेर आफ्नो कदम फिर्ता नलिए ठूलो जनआन्दोलन नै हुने र त्यसले निरंकुशतावादीलाई बढार्ने उनको दाबी छ।

याे पनि :  सडकमा ओर्लिए प्रचण्ड, पुल्चोकमा नाराबाजी गर्दै (लाइभ भिडिओ)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .