ad ad

राजनीति


प्रदेश १ मा प्रचण्ड–नेपाल पक्ष र कांग्रेसद्वारा सरकारको तेस्रो वार्षिकोत्सव बहिष्कार

प्रदेश १ मा प्रचण्ड–नेपाल पक्ष र कांग्रेसद्वारा सरकारको तेस्रो वार्षिकोत्सव बहिष्कार

नेपालखबर
फागुन ३, २०७७ सोमबार ६:३,

प्रदेश १ मा नेकपा प्रचण्ड–नेपाल पक्ष र नेपाली कांग्रेसले सरकारको तेस्रो वार्षिकोत्सव कार्यक्रम बहिष्कार गरेका छन्।

वर्तमान सरकार गठन भएको आज फागुन ३ गते तीन वर्ष पुगेको उपलक्ष्यमा प्रदेश सरकारले आयोजना गरेको वार्षिकोत्सव कार्यक्रममा उनीहरू सहभागी नहुने भएका हुन्।

वार्षिकोत्सव कार्यक्रममा आफ्नो पार्टी सहभागी नहुने प्रचण्ड–नेपाल पक्षका प्रदेश १ का सचिव सुरेशकुमार राईले जानकारी दिए।

‘मुख्यमन्त्रीले आफ्नो उपादेयता बाँकी छ भनेर बेकारको कार्यक्रम राखेका हुन्, त्यसमा हामी सहभागी हुँदैनौं,’ राईले नेपालखबरसँग भने।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रचण्ड–नेपाल पक्षका प्रदेश सभा सदस्यले अविश्वाशको प्रस्ताव दर्ता गराएका छन्।

नेपाली कांग्रेसका जिल्ला सभापति तथा संसदीय दलका नेता राजीव कोइरालाले पनि आफ्नो पार्टीको आजै तय भएको ठूलो कार्यक्रम छाडेर त्यस्ता कार्यक्रममा सहभागी हुन नसक्ने बताए।

‘हाम्रो पार्टीले ७५ वटै जिल्लामा तय गरेको विरोध कार्यक्रम छाडेर हामी वार्षिक उत्सव कार्यक्रममा कसरी सहभागी हुन सक्छौं, हाम्रो कार्यक्रमलाई जुधाएर कार्यक्रम राखिएको छ,’ कोइरालाले भने।

कोइराले कांग्रेसबाट इच्छा लाग्ने मानिस गए पनि त्यो संस्थागत नभएको बताए। ‘इच्छा लाग्ने जानुभयो होला, उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .