ad ad

राजनीति


नेकपा नेताले नै समानान्तर सरकार सञ्चालनको प्रयास र असहयोग गरेका कारण संसद विघटन गर्नुपर्‍यो : ओली

नेकपा नेताले नै समानान्तर सरकार सञ्चालनको प्रयास र असहयोग गरेका कारण संसद विघटन गर्नुपर्‍यो : ओली

नेपालखबर
फागुन ३, २०७७ सोमबार ५:५४,

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाकै नेताहरुले सरकार सञ्चालनमा असहयोग गर्नुका साथै समानान्तर सरकार सञ्चालनको प्रयास गरेका कारण प्रतिनिधि सभा विघटन गर्नु परेको बताएका छन्।

उनले आफू प्रधानमन्त्री भए पनि सरकारका बिभिन्न निकायमा महत्वपूर्ण पदाधिकारी रिक्त हुँदा समेत नियुक्ती गर्न नदिने, सकेसम्म अल्मल्याउने र महत्वपूर्ण कार्यकारी पदहरुमा अनुपयुक्त पात्र अघि सार्ने गरेको बताए।

भूकम्पबाट क्षति भएको सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयको पुनर्सबलीकरणपछि उद्घाटन कार्यक्रमपछि आफ्नो धारणा राख्दै ओलीले सो धारणा व्यक्त गरेका हुन्।

‘पदाधिकारी नियुक्ति गर्न नपाउने, संसदमा पुगेका सार्वजनिक सेवासम्बन्धी विधेयकहरु समेत अल्मल्याउने, समानान्तर सरकार सञ्चालन गर्ने प्रयास गरियो,’ प्रधानमन्त्री ओलीले बताए।

प्रतिनिधि सभालाई राजनीतिक अस्थिरताको खेल मैदान हुन नदिनका लागि र अन्य कुनै विकल्प नभएपछि विघटन गर्नु परेको जिकिर गरे।

त्यसो नगरेको भए अस्वस्थ राजनीतिक गतिबिधि बढ्ने र राष्ट्रिय राजनीति प्रदूषित हुने भएको हुँदा त्यसबाट मुलुकलाई बचाउन ताजा जनादेशमा जाने विकल्प रोजेको उनको दाबी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .