ad ad

राजनीति


महाधिवेशनको मिति परिमार्जन गर्न कांग्रेस केन्द्रीय समिति बैठक बुधबार

महाधिवेशनको मिति परिमार्जन गर्न कांग्रेस केन्द्रीय समिति बैठक बुधबार

नेपालखबर
फागुन ४, २०७७ मंगलबार १०:३०,

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बुधबार दिउँसो २ बजे बस्दैछ।

कांग्रेसले २०७७ फागुन ७ गते देखि १० गते सम्मका लागि आव्हान गरेको चौधौं महाधिवेशन सम्भव नभएपछि नयाँ मिति तय गर्ने सम्बन्धमा छलफल गर्न बुधबार केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको हो।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले केन्द्रीय महाधिवेशनको मिति परिमार्जन गरी नयाँ मिति तय गर्ने सम्बन्धमा छलफल गर्न बुधबार केन्द्रीय कार्य समितिको बैठक बस्न लागेको बताए।

बैठकमा पार्टीको आन्तरिक जीवन, क्रियाशील सदस्यता वितरण लगायतको विषयमा भएको प्रगतिको सम्बन्धमा पनि छलफल हुने बताए।

संसद विघटन सम्बन्धी विषयलाई सर्वोच्च अदालतले टुङ्गो लगाएपछि राष्ट्रिय राजनीतिले मार्ग प्राप्त गर्ने भएकाले त्यसपछि मात्रै नयाँ मिति तय गर्ने अथवा अगाडि तय गर्ने भन्ने सम्बन्धमा समेत छलफल हुने प्रवक्ता शर्माले बताए।

यस्तै गत पुस ५ गते बसेको पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकले संसद विघटनलाई अवैधानिक, अलोकतान्त्रिक र राजनीतिक रुपमा प्रतिवाद गर्ने निर्णय अनुसार विभिन्न कार्यक्रमहरु गरेको र ती कार्यक्रमहरुको समिक्षा समेत बैठकमा हुने पनि प्रवक्ता शर्माले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .