ad ad

समाज


बेलायतमा लगाउन थालिएको डेढ महिनापछि डब्लूएचओद्वारा अक्सफोर्डको खोपलाई अनुमति

बेलायतमा लगाउन थालिएको डेढ महिनापछि डब्लूएचओद्वारा अक्सफोर्डको खोपलाई अनुमति

नेपालखबर
फागुन ४, २०७७ मंगलबार १०:२९,

कोभिड–१९ को महामारीसँग संघर्षरत कमजोर एवं गरिब राष्ट्रलाई खोप प्रदान गर्न यस स्वीकृतिले सहज बनाउने डब्लूएचओले विश्वास लिएको छ।

बेलायतमा यस खोपले प्रयोगका लागि स्वीकृती पाएको डेढ महिनापछि डब्लूएचओबाट बल्ल अनुमति प्राप्त भएको हो।

पछिल्लो वैज्ञानिक अनुसन्धानअनुसार यस खोपको पहिलो डोजले ७६ प्रतिशत सुरक्षा प्रदान गर्दछ। साथै दोस्रो डोज लगाइसकेपछि भने यसले ८२ प्रतिशतभन्दा बढी सुरक्षा दिनेछ।

एस्ट्राजेनिकाको खोपलाई कोभाक्स कार्यक्रम मार्फत विश्वभर वितरण गर्न डब्लुएचओको अनुमतिले सहज बनाएको विश्वास व्यक्त गरिएको छ।

डब्लुएचओले यसअघि फाइजर र बायोएनटेकले विकास गरेको खोपलाई मान्यता दिइसकेको छ।

एस्ट्राजेनिकाको खोप हाल भारतको सेरम इन्स्टिच्यूट र दक्षिण कोरियाको एसकेबायोले उत्पादन गरिरहेका छन्।

डब्लूएचओको स्वीकृति अगाडि नै यो खोप भारत र नेपालमा पनि प्रयोग भइसकेको छ।

भारत र दक्षिण कोरियाबाट अस्ट्राजेनिकाका करिब ३३ करोड ७२ लाख डोज खोप उत्पादन भइसकेको छ। यो खोप कोभाक्समा आबद्ध करिब १४५ मुलुक सहभागी छन्।

यस खोपबाट सन् २०२१ को मध्यसम्ममा विश्वको कूल जनसंख्याको करिब ३.३ प्रतिशतलाई खोप लगाउन पर्याप्त हुनेछ।

कोभाक्सका लागि सेरम इन्स्टिच्यूटबाट अस्ट्राजेनिकाको २४ करोड, दक्षिण कोरियाबाट एस्ट्राजेनिकाको ९ करोड ६० लाख तथा फाइजरबाट १२ लाख डोज उत्पादन हुँदैछ।

यी खोपहरु दुई डोज लगाउनु पर्दछ। ६५ वर्षभन्दा माथिका व्यक्तिलाई पनि एस्ट्राजेनिकाको खोप लगाउन मिल्ने डब्लुएचओले जनाएको छ।

डब्लुएचओको विज्ञ सल्लाहकार समूहको बैठकले एस्ट्राजेनिकाको खोप ६५ वर्षभन्दा माथिका व्यक्तिलाई पनि दिन सिफारिस गरेको छ।

यसअघि पर्याप्त तथ्यांकको अभावमा खोपको प्रभावकारिता आँकलन गर्न कठिन भएको पनि डब्लुएचओले स्वीकार गरेको छ। एएफपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .