बृहत् नागरिक आन्दोलनमा नागरिकले शुक्रबार टुँडिखेल मार्च गरे। रत्नपार्कबाट सुरु भएको मार्च भद्रकाली हुँदै टुँडिखेलभित्र प्रवेश गर्ने कार्यक्रम थियो।
२००७ फागुन ७ गते राजा त्रिभुवनले मुलुकमा जहानियाँ राणा शासन अन्त्य भएको र जनता रैतीबाट नागरिक भएको घोषणा टुँडिखेलबाटै गरेका थिए।
अहिले सेनाको काँडेतारले घेरेको टुँडिखेलको उत्तरी भागमा कुनै समय भएको खरिबोटबाट चन्द्रशमशेरले दास मोचन घोषणा गरेका थिए। त्यहीँ जुद्धशमशेरले भूकम्पपीडितलाई राहत दिने घोषणा गरेका थिए।
राजा महेन्द्रका पालामा त्यो रूख काटियो। अहिले त्यो पूरै क्षेत्र सेनाको अतिक्रमणमा परेको छ। काँडेतारले बारेर सेनाले त्यहाँ आम नागरिकलाई प्रवेश निषेध गरेको छ।
नागरिक रैतीबाट जनता भएको उद्घोष गरेको टुँडिखेल सेनाको कब्जाबाट पुनः नागरिकले पाउनुपर्ने भन्दै नागरिक अगुवाहरूले आन्दोलन गरेका थिए।
मार्चको नारा थियो– ‘टुँडिखेल हाम्रो हो।’
तर टुँडिखेलका सबै गेटमा शुक्रबार ताल्चा लगाइएका थिए। नागरिक आन्दोलन टुँडिखेलको गेटतर्फ पुग्नै लाग्दा त्यहाँ सुरक्षाकर्मीको उपस्थिति पनि बाक्लो हुन्थ्यो। गेटमा लेखिएको थियो– ‘निषेधित क्षेत्र प्रवेश निषेध।’
शान्तिपूर्ण आन्दोलन गर्ने भनेका नागरिक अगुवा प्रहरीसँग मुडभेडको स्थितिमा देखिएनन्। यद्यपि आन्दोलनमा सहभागी युवाले पटकपटक टुँडिखेल प्रवेश गर्नुपर्ने भन्दै नारा लगाएका थिए।
सबै गेटमा ताल्चा लगाई बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन भएको देखेपछि नागरिक अगुवाले टुँडिखेलसँगै जोडिएको महांकाल मन्दिर परिसरमा कार्यक्रम सुरु गर्न थाले।
राष्ट्रिय मानव अधिकार आयोगकी पूर्वसदस्य मोहना अन्सारीले अवधी र उर्दूमा भाषामा कार्यक्रम सञ्चालन गर्न अनुमति माग्दै थिइन्, युवाहरूले पुनः नारा लगाए, ‘टुँडिखेल पस्न कस्ले रोक्यो?’
युवाहरूले लगातार नारा लगाइरहेपछि अन्सारी एकछिन् रोकिइन र भनिन्, ‘यसपटक हामीलाई रोकिएर के भयो एकदिन यो टुँडिखेल नागरिकको हुनेछ। नागरिक आन्दोलन जारी छ।’
उनको भनाईले युवाहरुलाई केही मत्थर पार्यो तर सम्बोधनका मुख्य वक्ता लेखक खगेन्द्र संग्रौलको भाषणपछि सुस्ताएका युवाहरुले पुनः जर्याकजुरुक गरे।
‘एकजना भाईले सोध्नुभयो आज नागरिकको उपस्थिति एकदमै पातलो किन?’ संग्रौलाले सुरु गरे, ‘नागरिक आन्दोलन नागरिकहरुको टाउको नापेर त्यसको शक्तिको मापन हुँदैन। नागरिक आन्दोलन प्रहरी भाईबहिनाहरुको टाउको नापेर नागरिक आन्दोलनको शक्ति नापिन्छ।’
उनले यतिभन्दै सभाका गलित अनुहारहरुको ध्यान आफूतर्फ ध्यान केन्द्रीत गराए।
शुक्रबारको नागरिक सभामा संग्रौलाले भनेजस्तो नागरिक कम र सुरक्षाकर्मी बढी देखिएका थिए। ठूलो संख्यामा नागरिकहरुको उपस्थिति हुने भनेपनि केही सय संख्यामा मात्रै नागरिकहरुको उपस्थिति थियो।
‘नागरिक आन्दोलन त्यो बेलासम्म रहन्छ। जबसम्म विश्वमा एउटा नागरिक रहन्छ,’ संगौलाले थपे, ‘आज सभामा नागरिकको सहभागिता भन्दाप्रहरी भाइबहिना छन। जब तनाशाह डराउँछ,उसले आफूसँग भएका सबै शक्ति देखाउँछ। प्रहरी, सेना, ट्यांक निकाल्छ। यो त्यसैको प्रतित हो।’
संग्रौलाले टुँडिखेलको बीचमा रहेको जंगी अड्डाको खुलेर आलोचना गरे।
‘कुनैपनि सभ्य शहर, बाक्लो बस्तीको बीचमा जंगी अड्डा हुँदैन। जंगी अड्डामा बारुदको थुप्रो हुन्छ। जिलेटिन हुन्छ, बम, तोप, मिसेनगन हुन्छ। जसले विनास गर्छ,’ उनले भने, ‘तानासाह जब डराउँछ त्यसले आफ्नो बलेसीमुनि जंगी अड्डा बनाउँछ। यो जंगी अड्डा पनि त्यसरी नै बनाएको हो।यो सेना शहरको असभ्यताको प्रतिक हो।’
संग्रौलाले टुँडिखेलमा आफूहरुलाई पस्न नदिएको तर त्यही टुँडिखेलमा कुकुरहरु स्वच्छन्द हिँडिरहेको भन्दै राज्यले नागरिकलाई कुकुरको जत्ति पनि इज्जत नदिएको बताए।
लेखक नारायण वाग्लेले ७० वर्षपछि सही साइतमा सही ठाउँमा आफ्नो हक जगाउन आएको तर आफूहरुलाई बन्देज लगाउँदै नेपाली लोकतन्त्रको स्तर आज उदांगो भएको बताए।
उनले लिच्छविकालको विशाल उखु चौर (टुँडिखेल) आजको माइतीघरदेखि लौनचोरसम्म फैलिएको इतिहास सुनाउँदै काठमाडौंको उक्त बिराट भूभागमाथि विभिन्न दरबार र सैनिक परेडस्थल, रंगशाला बनाइएको बताए।
उनको भनाइले युवाहरुलाई केही मत्थर पार्याे तर मुख्य वक्ता लेखक खगेन्द्र संग्रौलको भाषणपछि सुस्ताएका युवा पुनः जर्याकजुरुक उठे।
‘एकजना भाइले सोध्नुभयो- आज नागरिकको उपस्थिति एकदमै पातलो किन?’ संग्रौलाले सुरु गरे, ‘नागरिक आन्दोलन नागरिकहरुको टाउको नापेर त्यसको शक्तिको मापन हुँदैन। प्रहरी भाइबहिनाहरुको टाउको नापेर नागरिक आन्दोलनको शक्ति नापिन्छ।’
उनले यति भन्दै सभाका गलित अनुहारहरुको ध्यान आफूतर्फ ताने।
शुक्रबारको नागरिक सभामा संग्रौलाले भनेजस्तो नागरिक कम र सुरक्षाकर्मी बढी देखिएका थिए।
ठूलो संख्यामा नागरिकको उपस्थिति हुने भनिए पनि केही सय संख्यामा मात्रै नागरिकको उपस्थिति थियो।
‘नागरिक आन्दोलन त्यो बेलासम्म रहन्छ। जबसम्म विश्वमा एउटा नागरिक रहन्छ,’ संग्राैलाले थपे, ‘आज सभामा नागरिकको सहभागिताभन्दा प्रहरी भाइबहिना छन्। जब तनाशाह डराउँछ, तब उसले आफूसँग भएका सबै शक्ति देखाउँछ। प्रहरी, सेना, ट्यांक निकाल्छ। यो त्यसैको प्रतीक हो।’
संग्रौलाले टुँडिखेलको बीचमा रहेको जंगी अड्डाको खुलेर आलोचना गरे।
‘कुनै पनि सभ्य सहरमा बाक्लो बस्तीको बीचमा जंगी अड्डा हुँदैन। जंगी अड्डामा बारुदको थुप्रो हुन्छ। जिलेटिन हुन्छ, बम, तोप, मिसेनगन हुन्छ। जसले विनास गर्छ,’ उनले भने, ‘तानाशाह जब डराउँछ तब त्यसले आफ्नो बलेसीमुनि जंगी अड्डा बनाउँछ। यो जंगी अड्डा पनि त्यसरी नै बनाइएको हो। यो सेना, सहरको असभ्यताको प्रतीक हो।’
‘उपत्यकाबाहिरबाट आएका यात्रु बस्ने बाटुलो चौतारी मासेर रत्नपार्क बनाइयो आज त्यहाँ पस्न पैसा तिर्नुपर्छ,’ उनले भने, ‘पानी सञ्चय र प्रशोधन गर्न बनाइएको विशाल उखुबारी र कर्कट झारीलाई कवाज मैदान बनाएपछि काठमाडौं काकाकुल बनेको हो। सयौं वर्ष पुरानो सित्तैमा पानी पाउने धारा सुकाएर महँगो मेलम्चीको सपना देखाउनु धोका हो।’
नागरिक घोषणापत्र पढेर सुनाउँदै विश्वकर्माले संसदीय व्यवस्था, सम्वैधानिक मुल्य मान्यतालाई संकटमा परिएकाले नागरिकले जाग्नुपर्ने उल्लेख गरे। उनले नागरिक आन्दोलन बृहत र शशक्त बनाउँन सबैलाई आह्वान समेत गरे।
नेपाल चेपाङ संघका अध्यक्ष जितेन्द्र चेपाङले जंगलमा कन्दमुल खोज्न जादा आर्मीबाट चेपाङहरु कुटिकुटि मारिएको दाबी गर्दै नागरिक सामाजले साथ दिनुपर्ने बताए।
सम्पदा संरक्षणका अभियान्ता आलोकसिद्धी तुलाधर नेपाल भाषामा मन्तव्य राख्दै टुँडिखेल नागरिकका लागि स्वतन्त्र गरिनुपर्ने बताए।
प्रतिक्रिया