सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच औपचारिक वार्ता सुरु भएको छ।
दुई पक्षबीच एक घण्टाअघि काठमाडौंकै कुनै ठाउँमा वार्ता सुरु भएको हो। सरकार र विप्लव दुवै पक्षले वार्ता स्थान भने खुलाउन अस्वीकार गरेका छन्।
‘सरकारसँग हाम्रो वार्ता टोलीको वार्ता भइरहेको छ,’ विप्लव निकट स्रोतले नेपालखबरसँग भन्यो, ‘ठाउँका बारेमा अहिले सार्वजनिक नगर्ने भन्ने छ।’
हिसांत्मक गतिविधि गरिरहेको विप्लव समूहसँग वार्ता गर्न सरकारले मंगलबारै गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा २ सदस्यीय वार्ता टोली गठन गरेको थियो भने सोही दिन विप्लव समूहले पनि प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र उदय चलाउने दीपक रहेका २ सदस्यीय वार्ता टोली गठन गरेको थियो।
मंगलबारै साँझ सुरु गर्ने तयारी गरिए पनि केही कुरा नमिल्दा केही ढिला गरी थालिएको हो।
सरकारले वार्ता सँगसँगै विप्लव नेकपाविरुद्ध लगाएको प्रतिबन्ध फुकुवा गर्ने जनाएको छ।
प्रतिक्रिया