ad ad

समाज


फुङ्लिङमा आगलागी : १७ वर्षमा ३३८ परिवार विस्थापित

फुङ्लिङमा आगलागी : १७ वर्षमा ३३८ परिवार विस्थापित

नेपालखबर
फागुन १९, २०७७ बुधबार ४:२६,

ताप्लेजुङको फुङ्लिङ बजारमा विभिन्न समयमा ठूला-ठूला आगलागी घटना दोहोरिरहने क्रम विगतदेखि नै चलिरहेको छ।

पछिल्लो सत्र वर्षमा आगलागीबाट फुङ्लिङमा ३९३ परिवार विस्थापित भएका छन् भने १५२ घर जलेर नष्ट भएको तथ्याङ्क छ।

वि.सं. २०६० चैत १५ गते वीरेन्द्रचोक क्षेत्रमा भएको आगलागीमा ४५ घर जलेर नष्ट हुँदा १२९ परिवार विस्थापित भएका थिए । वि.सं. २०६९ माघ २६ गते शेर्पाटोलमा आगलागीबाट आठ घर जलेर नष्ट हुँदा १८ परिवार विस्थापित भएको तथ्याङ्क छ । विसं २०७० कात्तिक १८ टुक्रेबजार क्षेत्रमा आगलागीबाट पाँच घर नष्ट हुँदा १७ परिवार विस्थापित भएका थिए।

त्यसैगरी विसं २०७१ चैत ९ गते फुङलिङ–४ तोक्मेडाँडा क्षेत्रमा आगलागी हुँदा ३७ घर जलेर नष्ट भएका थिए । उक्त घटनामा १४५ परिवार विस्थापित भएका थिए । विसं २०७७ वैशाख १९ गते पुरानो बैंक लाइन, ट्याक्सी काउन्टर क्षेत्रमा आगलागी हुँदा सात घर नष्ट हुनुको साथै २९ परिवार विस्थापित भएका थिए।

त्यसैगरी मङ्गलबार ताप्लेजुङको दोस्रो ठूलो बजार दोभानमा आगलागीबाट ४९ घर नष्ट भएका छन् भने ५५ परिवार विस्थापित भएका स्थानीय प्रशासनले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .