ad ad

राजनीति


प्रचण्ड-नेपाल नेतृत्वको नेकपाले गर्‍यो ओली पक्षका ७ नेतालाई कारबाही

प्रचण्ड-नेपाल नेतृत्वको नेकपाले गर्‍यो ओली पक्षका ७ नेतालाई कारबाही

नेपालखबर
फागुन १९, २०७७ बुधबार ८:१८,

प्रचण्ड-नेपाल नेतृत्वको नेकपाले प्रधानमन्त्री केपी शर्मा ओली पक्षका सात जना नेतालाई कारबाही गरेको छ।

बुधबार पेरिसडाँडामा बसेको केन्द्रीय कमिटीको बैठकले स्थायी समिति सदस्य सुवास नेम्वाङ, केन्द्रीय सदस्यहरु विशाल भट्टराई, महेश बस्नेत, शान्ता चौधरी, प्रभु साह, सूर्य थापा र कर्णबहादुर थापालाई कारबाही गर्ने निर्णय गरेको हो। 

बैठकले उनीहरुलाई ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको एक केन्द्रीय सदस्यले बताए।

स्थायी कमिटी सदस्य तथा दलका उपनेता सुवास नेम्वाङले पार्टीको अन्तरिम विधान उल्लंघन गरेको हुनाले स्थायी कमिटीबाट निलम्बन गर्दै तीन दिनभित्र उपनेताबाट राजीनामा गर्न निर्देशन दिइएको हो।

त्यस्तै, केन्द्रीय सदस्य विशाल भट्टराईलाई केन्द्रीय सदस्यबाट निलम्बन गर्ने र सांसदको जिम्मामा रहन सचेत गराउने निर्णय गरेको छ।

विभाजित नेकपाको ओली पक्षले केहि दिनपहिले संसदीय दलको प्रमुख सचेतक रहेका देव गुरुङलाई हटाई भट्टराईलाई सो पदमा चयन गरेको थियो।

यसबाहेक महेश बस्नेत, शान्ता चौधरी, प्रभु साह, सूर्य थापा, कर्णबहादुर थापालाई केन्द्रीय सदस्यबाट निलम्बन गर्ने निर्णय गरेको हो।

केपी ओलीको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक भन्ने सबै दलहरुलाई संयुक्त सरकारका लागि यो बैठकले अपिल गर्ने समेत बैठकले निर्णय गरेकाे छ।

यसअघि साे समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाइ पार्टीकाे साधारण सदस्यबाट समेत निष्काशन गर्ने निर्णय गरेकाे थियाे। त्यसैगरी, महासचिवबाट विष्णु पाैडेललाइ पनि हटाएकाे थियाे। 

पुस ५ गते प्रतिनिधि सभा विघटनसँगै प्रचण्ड-नेपाल र प्रधानमन्त्री ओलीले छुट्टाछुट्टै रूपमा राजनीतिक गतिविधि सञ्चालन गर्दै आएका छन्। दुवै दल कानुनी रूपमा भने अहिले पनि एकै छन्। 

(यसअघि कर्णबहादुर थापा हुनुपर्नेमा गोकुल बास्कोटा भएकोमा सच्याइएको छ- सम्पादक)।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .