ad ad

राजनीति


ओली पक्षले बोलायो संसदीय दलको बैठक, प्रचण्ड र नेपाललाई पनि एसएमएस

ओली पक्षले बोलायो संसदीय दलको बैठक, प्रचण्ड र नेपाललाई पनि एसएमएस

नेपालखबर
फागुन २०, २०७७ बिहिबार १४:८,

विभाजित नेकपाको प्रधानमन्त्री केपी शर्मा ओली पक्षले पार्टीको संसदीय दलको बैठक बोलाएको छ।

सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनस्र्थापित गरेपछि पहिलोपटक फागुन २३ गतेबाट संसद अधिवेशन सुरु हुँदैछ।

त्यसको अघिल्लो दिन फागुन २२ गते शनिबार बस्ने गरी ओली समूहले संसदीय दलको बैठक बोलाएको हो।

‘हामीले शनिबार ३ बजेका लागि संसदीय दलको बैठक बोलाएका छौं, बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बस्नेगरी नेकपाका सबै १७३ जना सांसदलाई नै बोलाएका छौं,’ सांसद विशाल भट्टराईले नेपालखबरसँग भने, ‘हामीले सबैलाई खबर गरेका छौं, प्रचण्ड र माधव नेपाललाई पनि एसएमएस पठाएका छौं, कसैलाई छुटाएका छैनौं।’

ओलीले केहि दिनपहिले पार्टीका प्रमुख सचेतक देव गुरुङलाई हटाएर उनको ठाउँमा भट्टराईलाई नियुक्त गरेको घोषणा गरेका थिए।

तर प्रचण्ड–नेपाल पक्षले भने उनलाई सांसदकै भूमिकामा मात्र सीमित रहन सचेत गराएको छ।

आइतबारबाट सुरु हुने संसदमा नयाँ प्रधानमन्त्री चयन हुने संभावना रहेका बेला सबै दलले आआफ्ना संसदीय दलको बैठक बोलाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .