ad ad

राजनीति


पूर्व नेकपा फुटको दुष्परिणाम सम्पूर्ण राजनीतिमा : मसाल

पूर्व नेकपा फुटको दुष्परिणाम सम्पूर्ण राजनीतिमा : मसाल

नेपालखबर
फागुन २३, २०७७ आइतबार १६:२४,

नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले नेकपाभित्रको फुटका कारण थप अस्थिरता र अन्यौलको वातावरण उत्पन्न भएको बताएको छ।

सर्वोच्च अदालतको फैसलापछि नेकपाको वैधानिक अस्तित्व समाप्त भएको भन्दै मसालले नेकपाभित्रको फुटका कारणले संसदमा कुनै दलको बहुमत नरहेको र संसदमा गम्भीर प्रकारको अस्थिर र अन्योलको वातावरण तयार भएको बताएको छ।

महामन्त्री मोहनविक्रम सिंहले आइतबार वक्तव्य प्रकाशित गरी यस्तो स्थितिमा एकातिर, देशभित्र प्रतिगामी शक्तिहरु र, अर्कातिर विदेशी साम्राज्यवादी शक्तिहरूको चलखेल बढ्ने सम्भावना बढेर गएको बताएका छन्। त्यसको परिणामस्वरुप देशमा गम्भीर प्रकारको संवैधानिक र राजनीतिक संकट उत्पन्न हुने, गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षतामा समेत आँच पुग्ने सम्भावना देखा परेको मसालको ठहर छ।

नेकपा विभाजनको असर त्यो संगठनमा मात्र नपरेर त्यसको दुष्परिणाम देशको सम्पूर्ण राजनीतिमा पर्ने मसालले जनाएको छ।

‘नेकपाभित्रको फुटका कारणले संसदमा कुनै दलको बहुमत रहन गएको छैन र संसदमा गम्भीर प्रकारको अस्थिर र अन्योलको वातावरण तयार भएको छ। त्यो स्थितिमा एकातिर, देशभित्र प्रतिगामी शक्तिहरु र, अर्कातिर विदेशी साम्राज्यवादी शक्तिहरूको चलखेल बढ्ने सम्भावना बढेर गएको छ। त्यसको परिणामस्वरुप देशमा गम्भीर प्रकारको संवैधानिक र राजनीतिक सङ्कट उत्पन्न हुने, गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षतामा समेत आँच पुग्ने सम्भावना देखा परेको छ’ मसालले भनेको छ, ‘हाम्रो पहिले पनि यो विचार रहेको थियो र अहिले पनि छ कि त्यस प्रकारको स्थिति उत्पन्न हुनुका पछाडि ओलीको व्यक्तिवादी र स्वेच्छाचारी कार्यशैली नै जिम्मेवार छ। उनको त्यस प्रकारको कार्यशैलीका कारणले नै नेकपामा फुट भयो, संसदको विघटन भयो र संसदको पुनस्र्थापनापछि पनि अन्योल र अस्थिर प्रकारको राजनीतिक स्थितिको सिर्जना भएको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .