ad ad

कारोबार


विदेशी लगानीलाई भौगोलिक क्षेत्र तोक्ने तयारी

विदेशी लगानीलाई भौगोलिक क्षेत्र तोक्ने तयारी

नेपालखबर
फागुन २३, २०७७ आइतबार १६:२२,

विदेशी लगानीलाई भौगोलिक क्षेत्र तोकेर मात्रै नेपालमा भित्र्याउने सरकारले तयारी गरेको छ। भौगोलिक क्षेत्र अनुसार विदेशी लगानी लिने र सोही अनुरुप सेवा सुविधा प्रदान गर्ने गरि सरकारले आवश्यक नीति बनाउने तयारी थालेको हो।

उद्योग सचिव अर्जुन पोखरेलका अनुसार विदशी लगानी ल्याउँदा विकट तथा उपत्यका भन्दा परको स्थानमा उद्योग धन्दा संचालन गर्नेहरुलाई विशेष खालको सुविधा दिने गरि नीति बनाउने विषयमा बहस भैरहेको छ।

त्यसलाई नीति नै बनाएर कार्यन्वयनमा सरकार लाग्ने उनको भनाई छ।

उनले भने ‘अहिले नेपालमा उपत्यका वा सुदूरपश्चिममा उद्योग खोल्नेलाई पनि एउटै सुविधा र एउटै नियमन प्रणाली छ, त्यसलाई चिर्नुपर्छ। यस विषयमा छलफल सुरु भैसकेको छ।’

यसले नेपालको सिमित क्षेत्रमा हुने जनघनत्वलाई समेत चिर्ने उनले बताए। यस्तै नेपालमा हुने विदेशी लगानीको प्रणाली पनि चिर्नुपर्ने उनले बताए।

नेपालमा उत्पादनमुलक उद्योग लगानी खुलाउँदा सफल नभएको र आगामी दिनमा कृषिलाई जोड दिने तयारी समेत भैरहेको छ।

अहिले नयाँ बजेटको छलफल हरेक मन्त्रालयमा भैरहेको छ। मन्त्रालयहरुले आगामी आर्थिक वर्षको बजेट कार्यक्रमको रेखाङ्कन गर्न थालेका छन्। यस सन्दर्भमा सचिव पोखरेलले कृषिमा आउने विदेशी लगानी तथा कृषिसँग सम्बन्धित ‘प्रोसेसिङ्’ उद्योगहरुलाई ध्यान दिने बताएका छन्।

केहि कृषि प्रशोधन उद्योगहरुलाई शुन्य प्रतिशतको भन्सार शुल्कमा समेत मेसिनरी ल्याउने व्यवस्थाको बारेमा छलफल गर्ने उनको भनाई छ।

हालै सरकारले कृषिमा विदेशी लगानी खुलाएको विषयमा दुग्ध उद्योगहरुले विरोध जनाएका थिए। सरकारले ७५ प्रतिशत उत्पादन विदेश निर्यात गर्ने गरि विदेशी लगानी खुलाउने व्यवस्था गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .