ad ad

राजनीति


माधव नेपाललाई भेटेलगत्तै प्रचण्डले गरे कानुनविदसँग छलफल

माधव नेपाललाई भेटेलगत्तै प्रचण्डले गरे कानुनविदसँग छलफल

नेपालखबर
चैत १२, २०७७ बिहिबार १२:५२,

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल भएको छ।

बिहीबार दिउँसो उपाध्यक्ष नारायणकाजी श्रेष्ठसहित कोटेश्वर पुगेर अध्यक्ष प्रचण्डले वरिष्ठ नेता नेपालसँग छलफल गरेको स्रोतले बतायो।

स्रोतका अनुसार प्रचण्ड, नेपाल र श्रेष्ठबीच नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउने सर्वोच्च अदालतको फागुन २३ को फैसलाविरुद्ध पुनरावलोकनमा जाने विषयमा छलफल भएको हो।

‘अध्यक्ष प्रचण्ड र उपाध्यक्ष श्रेष्ठले एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेर सर्वोच्चको फैसलाविरुद्ध पुनरावलोकनमा जाने विषयमा छलफल गर्नु भएको हो’, स्रोतले नेपालखबरसँग भन्यो, ‘नेता नेपालले उक्त कुरामा आफ्नो नैतिक समर्थन रहने बताउनुभएको छ।’

नेता नेपालसँगको छलफलपछि अध्यक्ष प्रचण्डले सिंहदरबारमा कानुन व्यवसायीसँग समेत छलफल गरेको स्रोतले बतायो।

‘कोटेश्वरको भेटघाटपछि अध्यक्ष प्रचण्डले सिंहदरबारमा कानुन व्यवसायीसँग थप छलफल गर्नुभएको छ’, स्रोतले भन्यो।

केही दिनअघि माओवादीक केन्द्रले पुनरावलोकनमा जाने विषयमा कानुन व्यवसायीसँग छलफल गरेको थियो। छलफलपछि बसेको स्थायी समिति बैठकले पुनरावलोकनमा जाने निर्णय गरेको थियो।

यो पनि :
पुनरवलोकनमा जाने तयारीमा प्रचण्डः शम्भु थापाले ‘फाइनल’ गरे निवेदन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .