ad ad

कारोबार


ग्लोबल आइएमई बैंकले जारी गर्‍यो ग्लोबल ईकम डलर कार्ड

ग्लोबल आइएमई बैंकले जारी गर्‍यो ग्लोबल ईकम डलर कार्ड

नेपालखबर
चैत १२, २०७७ बिहिबार १२:४६,

ग्लोबल आइएई बैंक लिमिटेडले ‘ग्लोबल ईकम डलर कार्ड’ जारी गरेको छ।

अनलाइनमार्फत विदेशबाट वस्तु तथा सेवा खरिद वापतको भुक्तानी गर्ने प्रयोजनका लागि नेपाल राष्ट्र बैंकले ल्याएको परिवत्र्य विदेशी मुद्राको प्रिपेड कार्ड जारी गर्ने प्रावधान अनुरुप ग्लोबल आइएमई बैंक लिमिटेडले यस्तो डलर कार्ड जारी गरेको हो।

बैंकले जारी गरेको डलर कार्डबाट भारत बाहेक अनलाइनमार्फत सामान खरिद तथा अनलाइनबाट प्रवाह हुने सेवाहरु जस्तै नेटफ्लिक्स रिचार्ज, शैक्षिक शुल्क भुक्तानी गर्न तथा युट्युब, फेसबुक, ट्वीटर, वाट्सअप लगायत सामाजिक सञ्जाल मार्फत आफ्नो व्यवसाय प्रवद्र्धन गर्न सकिनेछ।

ग्राहकवर्गले आफ्नो नागरिकता र प्यान कार्ड पेश गरेर बैंकमा खाता खोली ५०० रुपैयाँ सेवा शुल्क तिरेर यो सुविधा लिन सक्नेछन्। साथै कार्डमार्फत कुनै पनि बैंकमा नगई घर तथा कार्यालयबाटै आफैँले सामानको भुक्तानी गर्न तथा अनलाइनमार्फत गरिने अन्य सेवा–सुविधाहरु लिन सकिनेछ।

आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको छ। ग्लोबल आइएमई बैंकले मुलुकभर तथा मुलुक बाहिर गरी सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्‍याउने उद्देश्यले ७ वटै प्रदेश तथा ७६ जिल्लामा बैंकको २७० शाखा, २४२ एटीएम, २५६ शाखा रहित बैंकिङ सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८०० सेवा केन्द्रबाट २२ लाख भन्दा बढि ग्राहकलाई सेवा प्रदान गरिरहेको छ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्‍याउँदै आइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .