संसदीय समितिमा एमसीसी बारे सांसदहरुले चासो राखेका छन्। प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले नेपालको परराष्ट्र नीतिबारे परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग गरेको छलफलमा सांसदहरुले एमसीसीबारे सांसदहरुलाई स्पष्ट पार्न माग गरेका हुन्।
नेपाली कांग्रेसका सांसद दिव्यमणि राजभण्डारी र नेकपा (एमाले) का सांसद मोहन बानियाँले नेपाल सरकारले गर्ने सहमति, सम्झौताबारे स्पष्ट जानकारी दिन माग गरेका हुन्। विगतमा गरिएका सन्धि, सम्झौताले नेपाललाई दुरगामी असर गर्ने भएकाले सचेत रहन सुझाव दिएका छन्।
नेकपा (एमाले)का सांसद बानियाँले छिमेकी राष्ट्रसँग गरिने सन्धि, सम्झौतामा झन् सावधानी अपनाउनुपर्ने बताए।
यस्तै बैठकमा सहभागि भएका परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले एमसीसीबारे स्पष्ट जवाफ नदिए पनि सन्धि, सम्झौता गर्दा नेपालको सर्वोपरी हितलाई ध्यान दिएको बताए।
समितिले नेपालको परराष्ट्र नीतिबारे सबै पक्षसँग श्रृङ्खलावद्ध छलफल गर्ने भएको छ।
प्रतिक्रिया