नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल भेटवार्ताको लागि मेरियट होटलमा पुगेका छन्।
'वान टु वान' वार्ताका लागि ओली र नेपाल केही समय अगाडि मेरियट पुगेको एक नेताले बताए।
पछिल्लो समय तिक्कतापूर्ण सम्बन्धमा रहेका दुई नेताबीच बुधबार साँझ एक्लाएक्लै २ घण्टा छलफल भएको थियो।
हिजोको छलफलपछि पुन: आज भेटवार्ता गर्ने सहमति अनुसार दुई नेताबीच भेट हुन लागेको हो।
बुधबारको भेटपछि दुवै नेताले सो दुई घण्टे बसाइमा दुई नेताबीच के के कुराकानी भयो भन्नेबारे उनीहरुले स्पष्ट भने पारेका छैनन्।
यो पनिः
- ओली–नेपाल भेटवार्ता सकियो, दुवै नेता हर्षित
- मेरियटमा ओली र नेपालबीच वार्ता, होटल परिसरमा बढ्यो चहलपहल (फोटोफिचर)
- एकअर्काबीच तीव्र संघर्ष भइरहेकै बेला ओली र नेपालबीच नै भेटवार्ता
प्रतिक्रिया