नेकपा एमालेका नेता माधवकुमार नेपालसहितका चार सांसदले दायर गरेको रिटमाथि आइतबार सुनुवाइ नहुने भएको छ।
अध्यक्ष केपी ओलीविरुद्धको रिटको पेसी आइतबारलाई तोकिएको भएपनि हेर्न नभ्याइने सर्वोच्च अदालतले जनाएको छ।
न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा आइतबार पेसी तोकिएको थियो। तर उक्त इजलासको ३० औँ नम्बरमा पेसी रहेकाले सुनुवाइको सम्भावना टरेको हो।
नेपालसहित चार सांसदले आफूहरुलाई थप कारबाही गर्न लागेको भन्दै वारेसमार्फत बिहीबार रिट निवेदन दर्ता गराएका थिए।
नेपालसँगै भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भूसालले गत बिहीबार रिट दायर गरेका हुन्।
यी चारै नेतालाई ओलीले ६ महिनाका लागि निलम्बन गरेका छन्। सांसदबाट समेत निष्काशन गर्न लागिएको भन्दै नेताहरु सर्वोच्च पुगेका हुन्।
यो पनि :
माधव नेपालसहित चार सांसदको रिट सर्वोच्चमा दर्ता, आइतबार पेसी (रिटसहित)
3
Shares
प्रतिक्रिया