ad ad

राजनीति


आज मन्त्रिपरिषद् बैठक बस्दै, ‘लकडाउन’बारे निर्णय गरिने

आज मन्त्रिपरिषद् बैठक बस्दै, ‘लकडाउन’बारे निर्णय गरिने

नेपालखबर
बैशाख १३, २०७८ सोमबार ३:१८,

आज (सोमबार) मन्त्रिपरिषदको नियमित बैठक बस्दै छ।

एक मन्त्रीका अनुसार बैठक अपराह्न ५ बजे प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा बस्ने भएको हो।

बैठक विशेषगरी कोरोना महामारी र नियन्त्रणका लागि कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले गरेका सिफारिसबारे केन्द्रित हुनेछ।

सीसीएमसीले गरेका सिफारिस विश्लेषण गरी मन्त्रिपरिषद्ले अनुमोदन गरेपछि लागू हुन्छ।

आइतबार बसेकाे सीसीएमसी बैठकले कम्तीमा ३ साता देशभर लकडाउन गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गरेको छ।

यस्तै संक्रमितको संख्या पहाडमा २०० र सहरमा ५०० नाघे निषेधाज्ञा गर्न र त्यो अधिकार स्थानीय प्रशासनलाई दिन सीसीएमसीले सरकारलाई सिफारिस गरेको छ।

आज बस्ने मन्त्रिपरिषद् बैठकले तीलगायत कोरोना महामारी नियन्त्रण सम्बन्धमा आवश्यक निर्णय र निर्देशन जारी गर्ने बताइएको छ।

यो पनि : काठमाडौं उपत्यकासहित ९ जिल्लामा तत्काल ‘लकडाउन’ हुने सम्भावना

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .