ad ad

समाज


काठमाडौं उपत्यकासहित ९ जिल्लामा तत्काल ‘लकडाउन’ हुने सम्भावना

काठमाडौं उपत्यकासहित ९ जिल्लामा तत्काल ‘लकडाउन’ हुने सम्भावना

नेपालखबर
बैशाख १३, २०७८ सोमबार ०:४१,

काठमाडौं उपत्यकामा पर्ने तीनसहित देशका ९ जिल्लामा तत्काल ‘लकडाउन’ (निषेधाज्ञा जारी) गरिने सम्भावना छ।

किनकि हिजो आइतबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले संक्रमितको संख्या हेरेर निषेधाज्ञा गर्ने अधिकार स्थानीय प्रशासनलाई दिन सरकारलाई सिफारिस गरेको छ।

संक्रमितको संख्या पहाडमा २ सय र सहरमा ५ सय नाघेमा निषेधाज्ञा गर्नुपर्ने सिफारिस सीसीएमसीले गरेको हो।

यो पनि : पूर्वनिर्धारित सबै परीक्षा स्थगित गर्ने निर्णय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) सहित देशका ९ जिल्लामा सक्रिय संक्रमितको संख्या आइतबारै ५ सय नाघिसकेका छन्।

सक्रिय संक्रमितको संख्या ५ सयभन्दा माथि पुगेका अन्य ६ जिल्लामा मोरङ, पर्सा, कास्की, रूपन्देही, बाँके र दाङ हुन्।

बाँकेमा जिल्ला प्रशासन कार्यालयले त आज राति १२ बजेदेखि निषेधाज्ञा जारी जारी गर्दैछ भने रूपन्देहीमा आजदेखि सवारीसाधन सञ्चालनमा जोर–बिजोर प्रणाली लागू गरिएको छ।

निर्णय गर्न उपत्यकाका ३ जिल्लाका सीडीओको बैठक आज
कोरोना संक्रमण तीव्र बनेपछि नियन्त्रणका लागि थप कडाइ के गर्ने भन्ने सम्बन्धमा निर्णय गर्न आज काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरूको संयुक्त बैठक बस्ने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले बताएका छन्।

सीसीएमसीले गरेका निर्णय आज प्राप्त हुने र त्यसअनुसार निर्णय गरिने उनले जानकारी दिएका छन्।

यस आधारमा उपत्यकाका तीनै जिल्लामा आजै ‘लकडाउन’ (निषेधाज्ञा जारी) गरिने सम्भावना छ।

यी पनिः

उपत्यकाका तीनै जिल्ला प्रशासनमा अत्यावश्यक बाहेकका सेवा बन्द (सूचना)

३१ सय २२ संक्रमित थपिए, उपत्यकामा मात्रै १४ सय ९८

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .