ad ad

राजनीति


विप्लवका दाजु वीरजंग थुनामुक्त

विप्लवका दाजु वीरजंग थुनामुक्त

नेपालखबर
बैशाख १७, २०७८ शुक्रबार १४:५९,

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’का दाजु चन्द्रबहादुर चन्द ‘वीरजंग’ थुनामुक्त भएका छन्।

जिल्ला अदालत नवलपरासीको आदेशमा उनलाई कारागारमुक्त गरिएको चितवन कारागारका प्रमुख कमलप्रसाद काफ्लेले जानकारी दिए।

उनलाई आज नै जिल्ला अदालत पश्चिम नवलपरासीसमक्ष बुझाइएको थियो।

‘हाम्रा साथीले उनलाई नवलपरासी (सुस्ता पश्चिम) को अदालतमा छाडेर आउनुभयो, त्यहाँबाट उहाँ रिहा हुनुभयो’, काफ्लेले भने।

पहिला रु २५ हजार धरौटी बुझाएर छुट्न नमानेकामा अहिले सोही धरौटीमा रिहा भएको कारागारका प्रमुख काफ्लेले बताए।

स्वास्थ्यमा समस्या देखिएपछि भरतपुरमा उपचारका लागि भनेर उनलाई विसं २०७७ असोज २८ गते चितवन कारागार ल्याइएको थियो। अघिल्लो पटक कोभिड भई कमजोर बनेका उनलाई घाँटी र पेटमा समस्या देखिएको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .