ad ad

कारोबार


बैंक र सरकारी कार्यालयमा एक चौथाई मात्रै कर्मचारी रहन पाउने

बैंक र सरकारी कार्यालयमा एक चौथाई मात्रै कर्मचारी रहन पाउने

नेपालखबर
बैशाख १७, २०७८ शुक्रबार १४:१२,

कोरोना संकट व्यवसथापन समिति (सीसीएमसी) ले अब बैंक तथा वित्तीय संस्था र सरकारी कार्यालय एक चौथाई कर्मचारीले सञ्चालन गर्न दिने निर्णय गरेको छ।

शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकले थप कडाइ गर्ने निर्णय गरेको हो।

यसअघि बैंक तथा वित्तीय संस्थालाई पूर्णरुपमा कर्मचारी बोलाएर सञ्चालन गर्न दिइएको थियो। उपत्यकासहित ठूला सहरमा अब भने सरकारी कार्यालयमा पनि एक चौथाइ मात्रै कर्मचारीले काम गर्ने छन्। यसका लागि कर्मचारी आलोपालो कार्यालय आउने छन्।

उपप्रधानमन्त्री इश्वर पोख्रेलका प्रेस संयोजक गणेश पाण्डेका अनुसार उपत्यकाका अन्य अस्पताललाई पनि कोराना विशेष अस्पतालका रुपमा तोक्ने निर्णय भएको छ।

स्थिति असाधारण भएकाले अब साधारण रुपमा लिन नमिल्ने बैठकमा उपप्रधानमन्त्री पोख्रेलले बताएका छन्।

स्वास्थ्य मन्त्रालयले शुक्रबार नै २२ जिल्लामा कोरोना संक्रमणको दर डरलाग्दो गरी बढेको भन्दै अस्पतालमा शय्या र उपचारको समेत व्यवस्था गर्न नसकिने जनाएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .