आफ्नो समूहका सांसदसहित राजीनामा दिन संसद सचिवालय पुगेका नेकपा एमालेका नेता माधवकुमार नेपालसँग प्रधानमन्त्री केपी शर्मा ओली पक्षका दुई नेता सिंहदरबार नै पुगेर भेटेका छन्।
प्रधानमन्त्री ओली पक्षका विष्णु पौडेल र सुवास नेम्वाङ पुगेपछि नेता नेपाल रोकिएर उनीहरुसँग छलफलमा जुटेका छन्।
राजीनामाको तयारीमा रहेका सांसद भने सिंहदरबारमै रहेको अर्को कोठामा छन्।
नेपाल, पौडेल र नेम्वाङबीच ४ बजेदेखि छलफल भइरहेको स्रोतले जनायो।
स्रोतका अनुसार सो समूहका अन्य सांसदले राजीनामा पत्र नेता नेपाललाई बुझाएका छन्।
यो पनिः
- सामूहिक राजीनामा दिने तयारी गरेको माधव नेपाल पक्षका सांसद को को?
प्रतिक्रिया