ad ad

राजनीति


अक्सिजनको अभाव हुन नदिन प्रदेश २ मा अनुगमन तथा व्यवस्थापन समिति

अक्सिजनको अभाव हुन नदिन प्रदेश २ मा अनुगमन तथा व्यवस्थापन समिति

शैलेन्द्र महतो
जेठ ४, २०७८ मंगलबार १२:४६,

प्रदेश २ सरकारले कोरोना संक्रमितहरुको उपचारमा सबैभन्दा महत्वपूर्ण रहेको अक्सिजन ग्यासको आभाव हुन नदिन आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवको नेतृत्वमा अक्सिजन ग्यास अनुगमन व्यवस्थापन समिति गठन गरेको छ।

आज सम्पन्न प्रादेशिक कोभिड संकट व्यवस्थापन समितिको बैठकले पछिल्लो समयमा प्रदेश भित्र रहेका अक्सिजन प्लान्टहरुबाट बाहिर ग्यास पठाएको हुँदा प्रदेशमा अक्सिजन ग्यासको भाव देखिएकोले उक्त समस्या समाधान गर्न मन्त्री यादवको अध्यक्षतामा सुरक्षा निकायका प्रमुखहरु रहने गरि समिति गठन गर्ने निर्णय गरेको छ।

उक्त समितिले प्रदेश भित्रका अक्सिजन उद्योगहरुबाट दैनिक उत्पादन हुने संख्या र वितरण प्रणालीको अनुमन गर्ने छन्।

त्यसैगरि बैठकले कोरोना संक्रमितहरुको उपचार भै रहेको प्रदेश भित्रका सरकारी तथा निजी अस्पतालहरुको अनुगमनका लागि मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. राम केवल साहको अध्यक्षतामा विज्ञ समूहसमेत गठन गरेको छ। उक्त समितिले प्रदेश भित्रका अस्पतालहरुको अनुगमन निरीक्षण गर्नुका साथै अस्पतालहरुलाई दिनु पर्ने सुविधाका सम्बन्धमा प्रदेश सरकारले सुझाव दिने छ।

आवश्यकता अनुसार निजी अस्पतालहरुमा कोरोना संक्रमितहरुको उपचारको व्यवस्था मिलाउनका लागि आईएमओ गर्न प्रदेश सरकारमा सिफारिस गर्ने क्षेत्राधिकार दिइएको छ।

मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा सम्पन्न पीसीसीएमसीको बैठकले यस्तो निर्णय गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .