जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले निकै खुसी हुँदै आइतबार जारी नागरिकतासम्बन्धी अध्यादेशको स्वागत गरेका छन्।
सकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ जारी गरेकी हुन्। जुन आजै राजपत्रमा प्रकाशन भइसकेको छ।
लगत्तै जसपाका अध्यक्ष ठाकुरले विज्ञप्ति जारी गरी स्वागत गरेका हुन्।
उनले भनेका छन्, ‘लाखौं लाख नेपाली नागरिक आमाका सन्तान र जन्मसिद्ध नेपाली नागरिकका सन्तान, जसलाई अद्यावधि नेपाली नागरिकताबाट वञ्चित राखिएको थियो, वर्षाै प्रतीक्षापछि जसपा नेपालको निरन्तर संघर्ष र प्रयासपछि नागरिकता प्राप्त गर्ने अवसर प्राप्त भएको जानकारी गराउँदछौं।’
यो पनि :
चर्काे विरोध भएको नागरिकतासम्बन्धी अध्यादेशमा के के लेखिएका छन्? हेर्नुहोस्
प्रतिक्रिया