सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार जारी गरेको नागरिकतासम्बन्धी अध्यादेश राजपत्रमा प्रकाशन गरिएको छ।
जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरको मागअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकतासम्बन्धी ऐन संशोधन गर्न अध्यादेश जारी गराएका हुन्।
नागरिकतासम्बन्धी विधेयक लामो समयदेखि संसदमा विचाराधीन छ। विवादका कारण अहिलेसम्म पारित हुन नसकेको हो।
तर आफ्नो सत्ता जोगाउन प्रधानमन्त्री ओलीले अध्यादेश जारी गरी नागरिकता ऐन संशोधन गर्न लागिएको भन्दै चर्काे विरोध भइरहेको छ।
के के गरिँदैछन्, त नागरिकता ऐनमा संशोधन? तल पढ्नुहोस् :
यो पनि :
प्रतिक्रिया