ad ad

राजनीति


एमालेले १२ नेतालाई आज स्पष्टीकरण पत्र पठाउँदै

एमालेले १२ नेतालाई आज स्पष्टीकरण पत्र पठाउँदै

नेपालखबर
जेठ १२, २०७८ बुधबार ५:८,

 नेकपा एमालेले आज पार्टीका थप १२ नेतालाई स्पष्टीकरण पत्र पत्र पठाउने भएको छ।

विघटित प्रतिनिधिसभाका १२ जना सांसदलाई स्पष्टीकरण पत्र पठाउन लागिएको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।
झलनाथ खनाल- माधव नेपाल पक्षका १२ जना सांसदलाई स्पष्टीकरण सोध्न लागिएको हो।

सोमबार बसेको एमाले स्थायी कमिटी बैठकको निर्णय अनुसार पार्टी हित विपरित काम गर्ने विघटित प्रतिनिधिसभाका १२ सदस्यलाई पत्र पठाउन लागिएको तामाङले बताए।

उनीहरुलाई पत्र, इमेल र भाइबरमार्फत स्ष्टीकरण सोधिन लागेको उनले बताए।

एमाले स्थायी कमिटीले सोमबार माधव नेपाल, झलनाथ खनालसहित ११ जनालाई पार्टीको साधारण सदस्यबाट नै निष्कासन गरेको थियो।

सुरेन्द्र पाण्डे, घनश्याम भूसाल, सोमप्रसाद पाण्डे, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कृष्णलाल महर्जन, झपट रावल, भवानीप्रसाद खापुङ, यज्ञ सुनुवार, मेटमणि चौधरी, दीपकप्रकाश भट्ट र नारायण खतिवडालाई स्पष्टिकरण पत्र पठाउन लागिएको हो।

शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा सघाउन २३ जना विघटित प्रतिनिधि सभाका सदस्यले हस्ताक्षर गरेका थिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .