विपक्षी गठबन्धनका शीर्ष तीन नेताबीच भेटवार्ता भएको छ। पूर्वप्रधानमन्त्री माधव नेपाल निवास कोटेश्वरमा भएको भेटवार्तामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का सहभागी थिए।
भेटमा समसामयीक राजनीतिक घटनाक्रमको समीक्षा भएको थियो। वर्तमान गठबन्धन एकले अर्कोलाई उपयोग गर्न नभइ राष्ट्र, गणतन्त्र, संविधान र लोकतन्त्रको रक्षा एवम् जनताको सुविधा र हितलाई अभिवृद्धि गर्न बनेको नेताहरुको निष्कर्ष छ।
नेताहरुले गठबन्धनको विषयमा छलफल गर्दै एक आपसमा अविश्वास उत्पन्न गराउने कुराबाट सजग रहने प्रतिबद्धता जनाएका थिए। उनीहरुले केन्द्रदेखि प्रदेशसम्म गठबन्धनलाई प्रभावकारी बनाउने सहमति गरेका छन्।
कोभिड महामारी र जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराउँदै तत्काल सबैलाई पुग्नेगरी कोभिडविरूद्धको खोप तथा विपन्नलाई राहत प्याकेज उपलब्ध गराउन उनीहरुले माग गरेका छन्।
अदालतमा विचाराधिन मुद्धालाई प्रभावित गर्न सरकारले गरेका प्रयत्नबारे समेत छलफल भएको जनाइएको छ।
राज्यका कतिपय अंग र केही संवैधानिक निकायहरूका भूमिकाको निष्पक्षता र निर्णय क्षमतामा तीन नेताले आंशका गर्दै संवैधानिक अंगलाई निष्पक्ष र समयमा निर्णय गर्न ध्यानाकर्षण गराएका छन्।
प्रतिक्रिया