ad ad

राजनीति


विद्यार्थीका जायज माग पूरा गर्न टीयू र केयूका पदाधिकारीलाई शिक्षामन्त्रीको निर्देशन

 विद्यार्थीका जायज माग पूरा गर्न टीयू र केयूका पदाधिकारीलाई शिक्षामन्त्रीको निर्देशन

नेपालखबर
भदौ १६, २०७६ सोमबार ७:१०,

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले एमबीबीएसको प्रवेश परीक्षा प्रभावित हुने गरी त्रिभुवन विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालयमा भएको तालाबन्दी खुलाउन पहल सुरु गरेका छन्।

सोमबार मन्त्री पोखरेलले त्रिविका पदाधिकारीलाई मन्त्रालयमै बोलाएर र काठमाडौँ विश्वविद्यालयका पदाधिकारीलाई फोनमार्फत विद्यार्थीका जायज माग पूरा गरेर तोकिएको समयमै प्रवेश परीक्षा सञ्चालनको वातावरण बनाउन निर्देशन दिएका हुन्। उनले विद्यार्थीका माग पूरा गर्नका लागि तत्काल वार्ता समिति बनाउन समेत निर्देशन दिएका छन्।

एमबीबीएसको प्रवेश परीक्षा शुल्कलगायतका विषयलाई लिएर विद्यार्थीहरुले त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्रको डिनको कार्यालय र काठमाडौँ विश्वविद्यालय कलेज आफ मेडिकल साइन्समा आइतबारदेखि तालाबन्दी गरेका छन्।

 एमबीबीएसको प्रवेश परीक्षाको मिति यही भदौ २१ गतेलाई तोकिएको छ। दुवै विश्वविद्यालयमा गरेर सो परीक्षाका लागि झण्डै २० हजारले आवेदन दिएका छन्।

प्रवेश परीक्षाको पूर्वसन्ध्यामा भएको तालाबन्दीले परीक्षाको कार्यक्रम प्रभावित हुने भन्दै मन्त्री पोखरेलले तालाबन्दी खुलाउन पहल सुरु गरेका हुन्।

‘दुवै विश्वविद्यालयका पदाधिकारिलाई विद्यार्थीका जायज र पूरा हुनसक्ने खालका सबै माग पूरा गर्न मन्त्रीज्युले निर्देशन दिनुभएको छ’, मन्त्री पोखरेलका स्वकीय सचिव पुरन केसीले नेपालखबरसँग कुरा गर्दै भने।

मन्त्री पोखरेलले विश्वविद्यालयले पूरा गर्न नसक्ने खालका माग भए मन्त्रलयलाई रिफर गर्न समेत निर्देशन दिएका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .